News

बालेन्द्रले खालि गराए चुनावमा सघाउने साथिकै रेस्टुरेण्ट 

बालेन्द्रले खालि गराए चुनावमा सघाउने साथिकै रेस्टुरेण्ट 

काठमाडौंका मेयर बालेन्द्र साह (बालेन)ले आफ्नै साथीको रेस्टुरेन्ट खाली गराएका छन् ।


काठमाडौं महानगरको नगर प्रहरीले त्रिपुरेश्वरको राहदानी विभाग अगाडि रहेको भवनको वेसमेन्टमा सञ्चालन भइरहेका रेस्टुरेन्ट र अन्य व्यवसाय हटाएको हो । नगर प्रहरीको निर्देशनपछि रेस्टुरेन्टले आफ्नो सामग्री हटाएको हो । 

उक्त रेस्टुरेन्ट बालेनलाई मेयरमा जिताउन सहयोग गर्नेमध्येका एक सन्तोषकुमार थापाले सञ्चालन गरेका थिए ।

थापाले बालेनको चुनावी अभियान सञ्चालनमा साथ दिएका थिए । बालेनलाई चुनावी अभियानमा थापासहित कुमार बेन, भिक्टर पौडेल, गणेश कार्कीलगायतले सहयोग गरेका थिए ।


मेयर बालेनले आफ्नो रेस्टुरेन्ट खाली गराएपछि सञ्चालक थापाले सहज प्रतिक्रिया दिएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘आजैबाट खाली गरेको छु, धन्यवाद ।’

बालेन्द्र साह

विशेष