News मनोरञ्जन

अध्यक्ष भएको हप्ता दिनमै भुवन केसीको आरोपः सरकारले सहयोग गरेन

अध्यक्ष भएको हप्ता दिनमै भुवन केसीको आरोपः सरकारले सहयोग गरेन

सरकारको सदासयतामा अध्यक्ष पाएको केही दिन नपुग्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले फिल्म क्षेत्रले सरकारको सहयोग नपाएको आरोप लगाएका छन् ।

नेपाल चलचित्र संघले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै केसीले फिल्म क्षेत्रको विकासका लागि सरकारले सहयोग नगरेको आरोप लगाएका हुन। राज्यले जति सपोर्ट दिनुपर्ने थियो, त्यो नपाएको वताएका उनले भने–‘म तपाईंहरुकै लागि बोर्डमा आएको हुँ ।’

चलचित्र उद्योगलाई संसारभर फैलाउने र सम्पूर्ण समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका केसीले आफूले सिनेमा घरलाई मन्दिर भन्ने गरेको बताए । ‘मन्दिर नै छैन भने कहाँ पूजा गर्ने ?’ उनले प्रश्न गरे ।

उनी गत साता मात्रै अध्यक्षमा नियुक्त भएका हुन। 
 

भुवन केसी

विशेष