News राजनीति

विधायन व्यवस्थापन समितिबाट नागरिकता विधेयक हुबहु पारित, एमालेको फरक मत

विधायन व्यवस्थापन समितिबाट नागरिकता विधेयक हुबहु पारित, एमालेको फरक मत

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बुधबार बसेको समिति बैठकले प्रतिनिधिसभाबाट पारित भएको नागरिकतासम्बन्धी विधेयक हुबहु पारित गरेको छ।

विधेयकमा समितिमा सत्तारुढ गठबन्धनमा रहेका दलको बहुमत रहेकाले विधेयक पारित भएको हो। समितिले आफ्नो प्रतिवेदनसहित राष्ट्रिय सभामा पेश गर्नेछ । राष्ट्रिय सभाको बैठक बिहीबार नै बस्दैछ ।

तर नेकपा एमालेले लिखित असहमति राखेको छ । समितिमा रहेका एमाले सांसदहरु देवेन्द्र दाहाल, भैरवसुन्दर श्रेष्ठ र भगवती न्यौपानेले फरक मत राखेका छन् । नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेको ७ वर्षपछि वैवाहिक अंगीकत नागरिकता दिने, यसरी नागरिकता लिंदा जन्म भएको देशको नागरिकता त्यागेको प्रमाण पेश गर्नुपर्ने एमालेको फरक मत छ ।

विवाहपछि भने राजनीतिक र प्रशासनिक बाहेकका अधिकार उपभोग गर्न परिचयपत्र दिने र त्यो परिचयपत्र नागरिकता प्राप्तिको आधार हुने पनि एमाले सांसदहरुको फरक मतमा उल्लेख छ ।

एमालेले प्रादेशिक पहिचानसहितको नागरिकता दिने, आमाको नामबाट नागरिकता लिंदा गर्नुपर्ने स्वघोषणालाई बाध्य बनाउन नहुने पनि फरक मतमा राखेको छ ।
 

विशेष