News

विमानमा आतंकबादीको आशंका गरिएका ब्यक्ति सुन चोरीका आरोपित

विमानमा आतंकबादीको आशंका गरिएका ब्यक्ति सुन चोरीका आरोपित

नेपाल एयरलाइन्सको आरए २०१ उडान नम्बरको न्यारोबडी जहाज बुधबार दिउँसो १ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मुम्बई उड्ने तयारी गर्दै थियो।

चालकदलका १४ जना र १२७ यात्रु बोकेर धावन मार्गतिर जाँदै गरेको विमान प्रहरी मार्फत नेपाल नागरिक उड्ययन प्राधिकरणका कर्मचारीले रोके।

यात्रुसँगै दुई जना शंकास्पद ब्यक्ति चढेको आशंका भएपछि त्रिभुवन विमानस्थलमा रहेका प्रहरीले नेपाल नागरिक उड्ययन प्राधिकरणका कर्मचारीलाई लगाएर जहाज रोक्न लगाए। शंकास्पद ब्यक्ति भनिएकाहरु आतंककारी भएको आशंका गरिएको थियो।

यसको सुचना भने जिल्ला प्रहरी कार्यालय कैलालीले पठाएको थियो। त्यसपछि तत्कालै विमानस्थल प्रहरीले प्राधिकरणमार्फत उक्त सूचना जहाजसम्म पु¥यायो। जहाज रोकिएपछि सबै यात्रु ओरालेर जाँच भरियो। 

चेकजाँचका क्रममा मीना लामिछाने र सन्तोष लामिछाने पक्राउ परे। आतंकबादीको आशंका गरिएका उनीहरु अन्ततः सुनचाँदी ब्यवसायी भएको खुल्यो। उनीमाथि पंजाबमा एकजना साहुको घरबाट सुन चोरेको आरोप समेत भएको जनाईएको छ । त्यसपछि दुई घण्टासम्म रोकिएको विमान मुम्वईका लागि उडेको त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेम ठाकुरले जानकारी दिए ।

पक्राउ परेका ब्यक्ति सुनचाँदी व्यवसायी संघका सदस्यसमेत रहेको जनाईएको छ। प्रहरीले भने उनलाई आतंकवादी या शंकास्पद गतिविधिमा लागेको आधारमा पक्राउ नगरिएको जनाएको छ।

कैलालीमा उनी विरुद्ध ठगीमा संलग्न रहेको उजुरी पनि परेको जनाईएको छ। 
 

विशेष