News

विद्यार्थी नेतृ मल्ल संघिय समानुपातिक सांसदका लागि सिफारिस 

विद्यार्थी नेतृ मल्ल संघिय समानुपातिक सांसदका लागि सिफारिस 

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जाजरकोटले प्रतिनीधि सभा र प्रदेश सभाका लागि उम्मेदवारहरुको नाम टुङ्गो लगाएको छ । पार्टीको निर्वाचन क्षेत्रीय समन्वय समिति र जिल्ला समितिको बैठकबाट नेकपा (एस)ले प्रतिनीधि सभा र प्रदेश सभाका सम्भाव्य उम्मेदवारहरुको नाम टुङ्गो लगाएको हो ।

नेकपा (एस) जाजरकोटले प्रतिनीधि सभा र प्रदेश सभाको निर्वाचन लड्ने उम्मेदवारहरुको नाम टुङ्गो लगाएको पार्टी अध्यक्ष कमान बहादुर खड्काले जानकारी दिएका छन् । 


नेकपा (एस) जाजरकोटले बन्द सुचीबाट प्रतिनीधि सभा सदस्यका लागि विद्यार्थी नेतृ जानुका मल्लको नाम सिफारिस गरेको छ । विद्यार्थी राजनीतिबाट नेकपा एमालेको सक्रिय राजनीति सुरु गरेकी मल्ल हाल नेकपा (एस) जाजरकोट जिल्ला समिति सदस्य र अनेरास्ववियूको केन्द्रिय सचिवालय सदस्य हुन् । 

प्राविधिक धारतर्फ सिएमए पढाई पुरा गरेकी मल्लले स्वास्थ्य बिषयबाटै ब्याचुलर गरेकि छन् । मल्लले विद्यार्थीको केन्द्रिय राजनितिमा राम्रो पहिचान बनाएकि छन् । 

नेकपा (एस) जाजरकोटले प्रदेश सभा (ख) को निर्वाचन क्षेत्रीय समन्वय समितिको बैठक यही भदौ  ९ गते सम्पन्न गरेको थियो भने, १० गते प्रदेश सभा (क) को निर्वाचन क्षेत्रीय समन्वय समितिको बैठक सम्पन्न गरेको थियो । 


निर्वाचन क्षेत्रीय समन्वय समितिका बैठकबाट प्रस्तावित उम्मेदवारका नामलाई जिल्ला समिति र प्रदेश समितिको सिफारिसमा केन्द्रिय समितिले टिकट दिने प्रावधान रहेको अध्यक्ष खड्काले जानकारी दिएका छन् । आगामी मंसिर ४ गतेको प्रतिनीधि र प्रदेश सभाको निर्वाचनमा नेकपा (एस) को केन्द्रिय नीति चुनावी गठबन्धनको पक्षमा भएता पनि जिल्लामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)को ईमान्दार भोटर भएर मतदान गर्न नसकिने अध्यक्ष खड्काको भनाई रहेको छ । 

नेकपा (एकीकृत समाजवादी) पार्टी

विशेष