News

ट्राफिक प्रहरीले ल्यायो पठाओ ड्राइभरलाई बीस हजारसम्म जरिवाना हुने नियम

ट्राफिक प्रहरीले ल्यायो पठाओ ड्राइभरलाई बीस हजारसम्म जरिवाना हुने नियम

पछिल्लो समय पठाओ, टुटलजस्ता अनलाईन राइड ड्राइभरहरुले कम्पनिले मोटरसाइकलमा म्याप हेर्न स्ट्याण्ड राख्ने गरेका थिए ।

अब भने ट्राफिक प्रहरीले मोटरसाइकलमा स्ट्यान्ड राख्ने चालकलाई कारबाही गर्ने भएको छ । म्याप हेर्न वा फोटो/भिडिओ खिच्नका लागि बाइकमा मोबाइल स्ट्यान्ड राख्दा दुर्घटना निम्तिएको भन्दै ट्राफिक प्रहरीले देशैभर यसको प्रयोगमा निषेध गरेको हो ।

सवारी साधनमा कुनै पनि परिवर्तन जस्तै, स्वरूप परिवर्तन, रङ्ग परिवर्तन, नयाँ पाटपूर्जा थपघट गर्नु कानूनतः प्रतिबन्धित भएको बताउँदै ट्राफिक प्रहरीले बाइकमा स्ट्यान्ड जोड्ने चालकलाई समेत कारबाही गरिने बताएको छ । मोबाइल हेर्दै बाइक सवारी चलाउँदा दुर्घटना बढ्ने सम्भावना भएको ट्राफिक प्रहरीको दाबी छ । प्रहरी स्रोतले भन्यो, ‘यसै पनि ड्राइभिङ गर्दा मोबाइल फोन प्रयोग गर्नु गैरकानूनी हो । चालकले एक हातले बाइक थाम्ने अर्को हातले मोबाइल चलाउने हुँदा सवारी दुर्घटनाको जोखिम बढेका छन् । एउटा जोखिम त्यो भयो, अर्को भनेको कानून अनुसार राख्नै पाउँदैनन् ।’

बाइकमा कुनै पनि किसिमको मोबाइल स्ट्यान्ड राख्दा वा अन्य मोडिफाई गर्दा ट्राफिक प्रहरीले ५०० देखि दुई हजार रुपैयाँसम्म जरिवाना तिराउने नियम छ । थप अटेर गरे वा नियम नमानेको पाइएमा न्यूनतम पाँच हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना लाग्ने ट्राफिक प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

विशेष