News

मंसिर ४ गते संसदीय निर्वाचन गर्न तयार भए शिर्ष नेता

मंसिर ४ गते संसदीय निर्वाचन गर्न तयार भए शिर्ष नेता

प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरु सहमत भएका छन् । निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न परामर्श दिएपनि प्रधानमन्त्री देउवा ४ गते गर्ने तयारीमा लागेकाले सोही मितिमा सहमति वनेको हो।

पाँचदलीय गठबन्धनका नेताहरुको बुधबार बालुवाटारमा बसेको बैठकले प्रदेश र प्रतिनिधि सभा चुनावबारे छलफल गरेको थियो । नेताहरुका अनुसार चुनाव घोषणापछि पनि संसद कायमै रहने गठबन्धनका नेताहरुको बुझाइ छ ।

बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने एक नेताले बताए । 
 

विशेष