News मनोरञ्जन

आन्तरिक पर्यटन प्रर्वद्धन र भाइचाराको सम्बन्ध विस्तार गर्न बाइक यात्रा 

आन्तरिक पर्यटन प्रर्वद्धन र भाइचाराको सम्बन्ध विस्तार गर्न बाइक यात्रा 

रोयल इन्फिल्ड बुलेट बाइक प्रयोग गर्ने युवाहरुले आन्तरिक पर्यटन प्रबद्धन र भाइचाराको सम्बन्ध विस्तार गर्न दुइ दिने बाइक यात्रा गर्ने भएको छ । आउने शुक्रबार र शनिबार काठमाडौंको स्वयम्भुदेखि मकवानपुरको टिस्टुङ, मार्खुहुँदै दक्षिणकालीको रुटमा यात्रा गरिने भएको छ । 


स्वयम्भुमा रहेको प्रोबुलेट सर्भिस सेन्टरको आयोजनामा बाइक यात्रा तय गरिएको छ । काठमाडौंदेखि टिस्टुङसम्म ४५ किलोमिटर यात्रा गरिने छ । ‘यो राइडमा करिब ३० वटा रोयल इन्फिल्ड बुलेट बाइकहरु रहने छन् । रोयल इन्फिल्ड बुलेट बाइक गरिरहेका साथिभाइहरु मिलेर ‘आन्तरिक पर्यटन प्रबद्धन र भाइचाराको सम्बन्ध विस्तार’ भन्ने उदेश्यका साथ यो यात्र तय गरिनेछ ।’ राइड क्याप्टेन प्रकाश गिरीले जानकारी दिए । 

‘यात्रा शुक्रबार विहान ९ बजे स्वयम्भुस्थित प्रोबुलेट सर्भिस सेन्टरमा ब्रेकफास्ट गरेर अगाडि बढ्ने छ । हामी जाँदा नौविसेको बाटो भएर जान्छौ । नौविसेमा लन्च गर्छाैँ । बाटोमा रहेका मन्दिर, गुफा, झर्नालगायतका धार्मिक तथा पर्यटकियस्थल अवलोकन गर्छाैँ । साँझको बास टिस्टुङमा हुन्छ । दोस्रो दिन (शनिबार) मार्खु, कुलेखानीको यात्रा गर्छाै । कुलेखानीमा बोटिङ गर्ने कार्यक्रम छ ।’ गिरीले यात्राको बारेमा जानकारी दिँदै भने । 

सर्भिस सेन्टरको राइडरहरुको छनोट अनुसार यसपटक काठमाडौंदेखि टिस्टुङसम्मको यात्रा तय गरिएको प्रोबुलेट सर्भिस सेन्टरका सञ्चाल सुमित बखाती बताउँछन् । उपत्यकामा उपलब्ध साथिभाइहरुले मिलेरे हामीले २ दिने छोटो तर महत्वपुर्ण यात्रा तय गर्न खोजेका छौँ । यात्राका क्रममा हामीले बाटोमा पर्ने महत्वपुर्ण ऐतिहासिक, पर्यटकिय तथा धार्मिकस्थल एक्स्पोलोर गछौँ,’ बखाती भन्छन्, ‘हामी विभिन्न सयमा लामो तथा छोटो दुरिका यात्रा गरिरहेका हुन्छौँ । विगतमा हामी भोटेकोशी, सुकेटे तथा मुस्ताङसम्म पुगेका छौँ ।’

यो यात्राको पचास प्रतिशत लगानि आयोजक प्रोबुलेट सर्भिस सेन्टरले गर्ने छ । ‘रोयल इन्फिल्ड र काठमाडौँ लेजेण्डको महत्वपुर्ण सहयोग छ ।’ सञ्चालक बखातीले भने । 

आन्तरिक पर्यटन

विशेष