News

घोडाघोडी बहुमुखी क्याम्पसका विद्यार्थीबीच बसमै चक्कु हानाहान

घोडाघोडी बहुमुखी क्याम्पसका विद्यार्थीबीच बसमै चक्कु हानाहान

कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसका विद्यार्थीबीच चक्कु हानाहान भएको छ। एक जना विद्यार्थी घाइते भएका छन् । बुधबार साढे ४ बजे भएको यो घट्ना क्याम्पसमा नभएर बसमा भएको हो।

ना ५ ख ३०८ नम्बरको बस चढेर सुखडदेखि मसुरिया जाने उनीहरुको विवाद भएको थियो। विवादपछि झडप हुँदा गौरीगंगा नगरपालिका–८, बढैपुरका २२ वर्षीय  इडेनजङ्ग सुनारलाई चक्कु लागेको छ। सुनारको दाहिने खुट्टा, दाहिने हात र घाँटीमा चोट लागेको छ। उनी घर जाने क्रममा थिए ।

चक्कु हान्ने र लाग्ने दुवै थरी विद्यार्थी एउटै कलेजका हुन। गौरीगंगा– ९ का २३ वर्षीय सुनिल आउजी र गौरीगंगा– ५ का २१ वर्षीय पुष्कर भाट र अन्य नाम नखुलेका २ जनाले सुनारमाथि चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

बसमा सवार बर्दगोरीया १ का जुद्धबहादुर साउदलाई झगडा मिलाउने क्रममा सामान्य चोट लगेको प्रहरीले जनाएको छ ।
 

घोडाघोडी बहुमुखी क्याम्पस

विशेष