News

गाउँपालिका अध्यक्षकी श्रीमती प्रशासकिय अधिकृतको भान्से !

गाउँपालिका अध्यक्षकी श्रीमती प्रशासकिय अधिकृतको भान्से !

अछामको एउटा गाउँपालिकाका अध्यक्षले आफनै श्रीमतीलाई प्रमुख प्रशासकिय अधिकृतको भान्से नियुक्त गरेका छन् । रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउदले श्रीमती जयसरालाई प्रमुख प्रशासकिय अधिकृतको भान्से नियुक्त गरेका हुन।

रामारोशन गाउँपालिका–६ का भरतबहादुर साउदले सूचना माग गर्दै निवेदन दिएपछि अध्यक्षकी श्रीमती भान्से नियुक्त भएको सूचना बाहिरिएको थियो । अध्यक्षकी श्रीमतीलाई जेठ १५ गतेदेखि मंसिर १५ गतेसम्मका लागि भान्सेमा नियुक्ति गरिएको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारी स्विकारेका छन् । तर, उनलाई भान्से राख्न सल्लाह आफूले नदिएको बताएका भण्डारीले भान्से खोज्दा अध्यक्षले नै आफनै श्रीमतीको नाम दिएको वताए ।

जयसराले मासिक २१ हजार ३०० तलब, १० हजार पोशाक भत्ता र दशैं भत्ता पाउने उनको भनाई छ। अध्यक्ष साउद नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका हुन। कांग्रेसका नेता कार्यकर्ताले भने अध्यक्ष साउदलाई प्रमुख प्रशासकीय अधिकृत भण्डारीले गलत सल्लाह दिएर फसाएको आरोप लगाएका छन्।

भण्डारीले भने भान्से राख्न प्रस्ताव गरेपछि अध्यक्षले पहिला अर्कैको नाम दिएको र पछि आफनै श्रीमतीका लागि हारगुहार गरेपछि त्यसैअनुसार निर्णय भएको दाबी गरे। भण्डारीले भनेका छन्, ‘अध्यक्षज्यूबाट १ जना साउद थर गरेको व्यक्तिको कागजात दिएको र उक्त कागजात मैले बुझी लिएको, केही समयपछि अध्यक्षज्यूबाट हाकिमसाव अस्तिको नगरौं अब यो काम गरौं भनी म्याडमको प्रस्ताव आएको र मैले यो गर्ने र ? भनी सोध्दा हो यहि गरौं भन्ने निर्देशन प्राप्त भएको र मैले हुन्छ भनेको !’

रामारोशन गाउँपालिका

विशेष