News

एमालेमा प्रवेश गर्ने सूचनापछि सुदूरपश्चिमका भौतिक पूर्वाधार राज्यमन्त्री बर्खास्त

एमालेमा प्रवेश गर्ने सूचनापछि सुदूरपश्चिमका भौतिक पूर्वाधार राज्यमन्त्री बर्खास्त

नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका सुदूरपश्चिमका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी बर्खास्त भएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले चौधरीलाई बर्खास्त गरेका हुन।

मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवरका अनुसार चौधरी नेकपा एमालेमा प्रवेश गर्ने सूचना पाएपछि सरकारबाट हटाएको हो। एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार कञ्चनपुरको महेन्द्रनगर आएका छन् ।

उनले एकीकृत समाजवादीका नेता तारा लामा तामाङलगायतका नेताहरुलाई पार्टी प्रवेश गराउँने जनाईको छ । त्यसै क्रममा चौधरी पनि पार्टी प्रवेश गर्ने सूचना पाएको सुदूरपश्चिमका सत्तारुढ दलका नेताहरुले बताएका छन् ।
 

विशेष