News

तटवन्ध भत्काएर सप्तकोशी गाउँ पसेपछि बेलकामा सर्वसाधारणको भागाभाग

तटवन्ध भत्काएर सप्तकोशी गाउँ पसेपछि बेलकामा सर्वसाधारणको भागाभाग

सप्तकोसी नदीकमो पश्चिम तटवन्ध फुटेर वाढी गाउँ पसेको छ। आज बिहान ४ बजे उदयपुरको बेलका नगरपालिका–८ डुम्रिबोटेबाट नदीको वाढी गाउँतर्फ सोझिएको हो। वाढीले झन्डै दुई महिनादेखि पश्चिम तटवन्ध कटान गर्दै आएको थियो।

पूर्वी पहाडमा भएको अधिक वर्षाका कारण कोसी नदीले तटवन्धमा कटान गरिरहेको थियो। वुधवार विहान डुम्रिबोटेबा बेलका नगरपालिकाका क्षेत्रमा पसेको स्थानीयले बताए । कोसी पश्चिम पसेसँगै बेलका नगरपालिकाको १, २, ३, ८ र ९ वडाको धौरीटापु, श्रीलंका टापु, भागलपुर, करैया, तपेश्वरीलगायत बस्ती खतरामा परेका छन् ।

तटीय क्षेत्रका २० हजारभन्दा बढी जनसख्या विस्थापनको उच्च जोखिमा रहेको बेलका नगरपालिकािका मयेर अशोक कार्कीले बताए । अहिले करिब २० मिटर कटान गरेको र कटान जारी रहेकाले झन्डै ३ सय मिटर तटवन्ध खतरामा छ। 

अहिले कोसीको मूल भंगालो नै पश्चिम धकेलिँदै गरेको स्थानीयले वताए । कोशीको धारै परिर्वतन भए सप्तरी सप्तकोसी तथा कन्चनरुप नगरपालिका र सुनसरीमा समेत क्षति पुग्ने बताइन्छ । ०४५ सालअघि कोसी ७ नम्वर नोज दक्षिण डुम्रिबोटे हुँदै बग्ने गरेको सर्वसाधण बताउछन् ।

स्थानीय र प्रदेश सरकारले तटवन्ध जोगाउन गरेका सवै प्रयास असफल भएको मेयर कार्कीले बताए । जोखिम क्षेत्रका सर्वसाधारणलाई घर छाडेर सुरक्षित स्थानमा जान सूचना जारी गरिएको उनको भनाई छ।


अहिले प्रभावित क्षेत्रका नागरिकले गाउँ छोडिरहेका छन् । पशुचौपाया, लत्ताकपडा बोकेर गाउँ छोडेको तस्वीर सामाजिक सञ्जालमा देखिन्छ । उनीहरूले सुरक्षित स्थान खोज्दै गाउँ छोडे पनि कहाँ बस्ने भन्ने टुंगो लागि सकेको छैन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार अहिले नदीले ५० मिटर बाँध कटान गरी बस्तीमा पसिसकेको छ । त्यस क्षेत्रका नागरिकलाई उद्धार गरी सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ । गृहमन्त्री बालकृष्ण खाँणले प्रभावित क्षेत्रका सबै नागरिकलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा लैजान सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

अहिले प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय, नगरपालिका र स्थानीय स्वयमसेवको टोलीले प्रभावितको उद्धार गरिरहेको छ 


 

विशेष