News

२ सन्तान लुकाएर अर्कोसँग विवाह, कुरा खुलेपछि श्रीमान विरुद्ध बलात्कारको उजुरी

२ सन्तान लुकाएर अर्कोसँग विवाह, कुरा खुलेपछि श्रीमान विरुद्ध बलात्कारको उजुरी

रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी एक महिलाले आफनै श्रीमान विरुद्ध प्रहरीमा बलात्कारको उजुरी दिएकी छिन् । वडा नं. १७ की ३० वर्षीया वर्षाकुमारी चौधरीले श्रीमान मोहन चौधरी विरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा बलात्कारको उजुरी दिएकी हुन् ।

मोहनले गत साउन १४ गते राति मदिराको नसामा आफुलाई कुटपिट गरेको र साउन १५ गतेदेखि लगातार बलात्कार गर्दै आएको जोहेरीमा उल्लेख छ । मोहनले सासु ससुराको वहकाउमा आएर घरखर्च नदिने, यातना दिने गरेको पनि उनले आरोप लगाएकी छिन्। उनकी सासू जागेश्वरी चौधरी तिलोत्तमा नगरपालिकाकी उपमेयर हुन।

वर्षाले मोहन नवलपरासीस्थित आफन्तकोमा रहेको जानकारी आएकाले उनलाई झिकाएर कारवाही गर्न र सासूलाई समेत झिकाएर छानबिनको दायरामा ल्याउन माग गरेकी छन् । जानकारी अनुसार वर्षाले मोहनसँग झुक्याए विवाह गरेकी थिईन।

नवलपरासी बर्दघाट माइत भएकी वर्षाले मोहनसँग विवाह गर्नु पुर्व कपिलवस्तु बांणगंगामा पहिलो विवाह गरेकी थिईन। श्रीमानसँग सम्बन्ध रोम्रो नभएपछि दुई सन्तानलाई माईतमा राखेर उनी कुपिलवस्तुमा वस्दै आएकी थिईन। पहिलो श्रीमानसँग उनको सम्वन्ध विच्छेद समेत भएको छैन।

सोही क्रममा सामाजिक सञ्चाल मार्फत मोहनसँग उनको चिनजान भएको जनाईएको छ। मोहन गाडि चालक हुन। वर्षाले मोहनलाई आफु अविवाहित भएको वताएकी थिईन। सम्वन्ध घनिष्ट हुँदै गएपछि उनीहरुको विवाह भएको थियो।

विवाहपछि उनी पहिला नै विवाहित रहेको र दुई सन्तानकी आमा भएको जानकारीपछि श्रीमान श्रीमतीका बीचमा असमझदारी भएर अहिलेको अवस्था आएको जानकारहरु वताउँछन् । यस विचमा उनीहरुले सम्बन्ध विच्छेद गर्ने सहमति समेत भएको थियो। तर, पछिल्लो पटक वर्षाले बलात्कारको उजुरी दिएको उनीहरुको भनाई छ।

वर्षाकी सासु तथा तिलोत्तमा नगरपालिकाकी उपमेयर चौधरीले भने आफूविरुद्ध ‘राजनीतिकरण’ गरिएको प्रतिक्रिया दिएकी छन् । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले उजुरीमाथि अनुसन्धान भईरहेको वताए । 
 

बलात्कार

विशेष