News

प्रअको यौन दुर्ब्यवहार सार्वजनिक गर्ने शिक्षिकालाई बर्खास्त गर्ने षडयन्त्र

प्रअको यौन दुर्ब्यवहार सार्वजनिक गर्ने शिक्षिकालाई बर्खास्त गर्ने षडयन्त्र

प्रधानाध्याकपले नै यौन दुर्ब्यवहार गरेको घट्ना सार्वजनिक गर्ने झापाको एक विद्यालयकी शिक्षिकालाई हटाउन दबाव सुरु भएको छ। पीडित शिक्षिकालाई चरित्रहिनको आरोप लगाएर बर्खास्त गर्न माग गर्दै हस्ताक्षर संकलन र विद्यालय ब्यवस्थापन समितिमा निवेदन दर्ता गरिएको छ।

झापाको मेचीनगर–७ गोमनसरीस्थित अरनिको माविकी तत्कालिन प्रधानाध्यापक अग्नि घिमिरेले यौनजन्य दुर्ब्यवहार गरेको घटना ति शिक्षिकाले सार्वजनिक गरेकी थिइन । घट्ना सार्वजनिक भएपछि घिमिरेले राजीनामा दिएका थिए ।

त्यसपछि केही अभिभावक नै लागेर विद्यालय व्यवस्थापन समितिसमक्ष साउन १३ गते लिखित रुपमा ति शिक्षिकालाई बर्खास्त गर्न माग गरेका छन् । करिव ७५ जना अभिभावकले उनलाई हटाउन माग गरेका छन । माग पूरा नभए बालबालिका विद्यालय नपठाउने र तालाबन्दी गर्ने चेतावनी पनि दिइएको छ ।

विद्यालयका एक शिक्षकले भने दुर्ब्यवहारको घटनाबाट राहत महसुस गर्न नपाउँदै शिक्षिकामाथि अर्को पीडा दिने काम भएको गुनासो गरेका छन्। स्थानीय केही ब्यक्तिहरुले भने घिमिरे ब्यवस्थापन समितिका अध्यक्ष हरि दाहालको योजनामा उनलाई पीडा दिने काम भएको वताएका छन् ।

पीडित शिक्षिकालाई हटाएर दाहालले आफ्नो नातेदारलाई नियुक्ति गर्ने योजना बनाएको अन्य शिक्षकहरुले पनि बताएका छन् । प्रधानाध्यापक विशाल भट्टराईले भने पीडित शिक्षिकाबाट विद्यालयको अनुशासन उल्लंघन हुने कुनै काम नभएको वताए । 

विशेष