News

मंसिर ४ गते निर्वाचच, सांसदको पद उम्मेदवारी दर्तासँगै समाप्त

मंसिर ४ गते निर्वाचच, सांसदको पद उम्मेदवारी दर्तासँगै समाप्त

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा र प्रदेश सभा सदस्य रहेका ब्यक्तिले दोहो¥याएर उम्मेदवारी दिए उम्मेदवारी दर्ता गरेकै समयदेखि पद समाप्त हुने बताएका छन् । यस विषयमा कानुनी ब्याख्यासहित आयोगले सार्वजनिक गर्ने पनि बताए।

मन्त्रीपरिषद बैठकले मंसिर ४ गते प्रतिनिधि र प्रदेश सभाको निर्वाचन गर्ने निर्णय गरेसँगै आयोगले पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएका हुन। आयोगले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलन प्रमुख आयुक्त थपलियाले सबै उम्मेदवारका लागि समान प्रतिस्पर्धाको वातावरण बनाउनका लागि बहालवाला सांसदको पद पनि उम्मेदवारी दर्तासँगै समाप्त हुने वताए ।

प्रदेश सभा र प्रतिनिधिसभाको कार्यकालको व्याख्या भने आयोगले नगर्ने उनको भनाई छ। निर्वाचित भएको मितिबाट कार्यकाल सुरु हुने उनले जानकारी दिए । सांसदहरूको पदावधि अन्तर्राष्ट्रिय मूल्य मान्यता, संसदीय अभ्यास, संविधान र कानुनी व्यवस्थाअनुसार हुनुपर्ने उनको भनाइ थियो ।

यसअघि विहिवारै वसेको मन्त्रीपरिषद वैठकले मंसिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेको थियो। निर्वाचन आयोगले एक महिनाअघि नै १२० दिनको निर्वाचन अवधि राखेर कार्यतालिकासहित मंसिर २ गते निर्वाचनको मिति तोक्न सिफारिस गरेको थियो ।

तर, सरकारले १०७ दिनको निर्वाचन अवधि राखेर मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकेको हो । निर्वाचनको मिति तोकिएसँगै निर्वाचन आयोगले मतदाता नामावली स्थगित गर्ने भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई ध्यानमा राख्दै साउन २० गतेदेखि मतदाता नामावली दर्ता स्थगित गरेको बताए ।

आयोगले निर्वाचनमा १ करोड ८६ लाख मतदाता हुने आंकलन गरेको छ। ०७४ सालको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सहभागी मतदाताभन्दा १० लाख मतदाता बढ्ने अनुमान आयोगको छ।
 

निर्वाचन

विशेष