News

जनार्दनसँग ठ्याक नमिल्ने देखेपछि अर्थ सचिव मरासिनीको सरुवा

जनार्दनसँग ठ्याक नमिल्ने देखेपछि अर्थ सचिव मरासिनीको सरुवा

अर्थमन्त्री जनार्दन शर्मासँग सुमधुर सम्वन्ध नहुने देखिएपछि सरकारले अर्थ सचिव मधु मरासिनीको सरुवा गरेको छ। विहिवार वसेको मन्त्रीपरिषद वैठकले उनलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ।

मरासिनी गत आइतबारदेखि अर्थ मन्त्रालयमा हाजीर नभई विदामा बसेका थिए । जनार्दन शर्मा मन्त्री भएर आएपछि मारसिनी मन्त्रालयमा आउन मानेका थिएनन् । उनी स्वयमले मन्त्रालयमा रहेर काम गर्न इच्छुक नरहेको भन्दै सरुवा मागेकाले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

अर्थसचिवको जिम्मेवारी तत्कालका लागि कृष्णहरि पुष्करले पाएका छन् । राजस्व सचिव समेत रहेका पुष्करले अर्को सचिव नआउन्जेलसम्म दुवै सचिवको रुपमा काम गर्ने जनाईएको छ।

यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्ति मनलयका सचिव अर्जुन पोखरेल पनि प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् । बिहीबार नै सचिवमा बढुवा भएका दीपक काफ्ले लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएका छन् । त्यहाँ रहेका डिल्ली शर्मा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भएका छन् ।

महिला बालबालिका मन्त्रालयका सचिव हरिप्रसाद मैनाली युवा तथा खेलकुद मन्त्रालयमा र राष्ट्रपति कार्यालयका सचिव तोयनारायण ज्ञवाली उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएका छन् । 
 

अर्थ सचिव मधु मरासिनी

विशेष