News

उच्च अदालतका न्यायाधीशका पीएसओ र घुमुवा नै अपहरणकारी !

उच्च अदालतका न्यायाधीशका पीएसओ र घुमुवा नै अपहरणकारी !

उच्च अदालतका एक न्यायाधीशका सुरक्षा गार्ड (पीएसओ) र बालाजु प्रहरीका घुमुवा नै अपहरण काण्डमा पक्राउ गरेका छन् । न्यायाधिशका पीएसओ (प्रहरी हवल्दार) ३७ वर्षिय कर्ण गुरुङ र प्रहरी वृत्त बालाजुका घुमुवा २८ वर्षिय शिव सुनुवार पक्राउ परेका हुन् ।

चिनियाँ नागरिकलाई अपहरण गरेर एक करोड रुपैयाँ फिरौती मागेको आरोपमा यी दुई प्रहरीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुले चिनियाँ नागरिकलाई अपहरण गरी नयाँ बसपार्कमा बन्धक बनाएर फिरौती मागेको प्रहरीले जनाएको छ।

पक्राउ पर्ने अन्यमा २८ वर्षिय लक्ष्मण गुरुङ, २९ वर्षिय रोहित मगर, २८ वर्षिय विशाल मगर र २७ वर्षिय विनोद केसी छन्। घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अपहरणकारीलाई पक्राउ गर्न जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त दरबारमार्गको संयुक्त टोलीले खटिएको थियो।
 

अपहरण

विशेष