News राजनीति

यस्तो छ बालेन्द्र र गगन भेटबार्ताको गुदी, के सोच्दैछन बालेन्द्र ?

यस्तो छ बालेन्द्र र गगन भेटबार्ताको गुदी, के सोच्दैछन बालेन्द्र ?

प्रदेश र प्रतिनिधि सभा निर्वाचन नजिकिएसँगै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट गरेका छन् । प्रतिनिधिसभाका सांसद समेत रहेका थापाले मेयर साहसँग भेट गरको फोटो सामाजिक सञ्जालमा शेयर गरेका छन् ।

वुधबार थापा र साहका बीचमा भएको भेटमा काठमाडौंको फोहोर व्यवस्थापन, सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन तथा सहरी स्वास्थ्य सेवालगायत विषयमा छलफल भएको थापाले जानकारी दिएका छन् ।

‘हिजो काठमाडौँ महानगर प्रमुखज्यूसँग काठमाडौँको फोहोर मैलाको व्यवस्थापन, सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, सहरी स्वास्थ्य सेवा लगायतका विषयमा अर्थपूर्ण छलफल भयो’ उनले लेखेका छन्–‘काठमाडौँको महानगरको सकारात्मक पहलकदमीमा मेरो निरन्तर साथ रहने छ।’

यद्यपी बालेन्द्रसँग थापाको भेटलाई अर्थपुर्ण रुपमा हेरिएको छ। गगन थापाको निर्वाचन क्षेत्र काठमाडौं ४ मा पर्ने कतिपय वडा गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसको पक्षमा देखिएको छैन। थापाकै वडा काठमाडौं वडा नं. –३० मा पनि स्वतन्त्र उम्मेदवार बालेन्द्रको भोट अगाडि देखिएको थियो। 

२०७४ को संसदीय निर्वाचनमा थापाले जितेको क्षेत्र नम्बर ४ अन्तर्गत काठमाण्डौका १, ७, ८ र ३० वडा पर्छन । जसमध्ये वडा नं. १ को अध्यक्ष पनि एमालेले जितेको छ भने वडा नं. ७ मा पनि कांग्रेसले ५१ मतले मात्रै अध्यक्ष जितेको छ। अन्य दुई वटो वडामा भने कांग्रेसका उम्मेदवारले सहज जित निकालेका छन् ।

तर, मेयरमा कांग्रेसका उम्मेदवार भन्दा बालेन्द्रले पाएको आकर्षक मतका कारण थापा यतिवेला उनीसँग भेट गर्न लालयिता भएको हुन सक्ने कतिपयको अनुमान छ। बालेन्द्रलाई गुहुन्याउन सके उनले डाईभर्ट गर्न सक्ने मत आफुलाई आउने उनको सोच हुन सक्ने उनीहरु वताउँछन् ।

०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा थापाले एमालेका उम्मेदवार राजन भट्टराईलाई ३ हजार ४ सय ११ मतले पराजित गरेका थिए। थापाले २१ हजार ५ सय ५१ मत पाएर विजयी हुँदा भट्टराईले १८ हजार १ सय ४० मत पाएका थिए ।

यता बालेन्द्र र थापाको भेटको भोलीपल्टै सरकारले मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्ने निर्णय गरेको छ।

गगन थापा बालेन्द्र साह

विशेष