News

के सरकारले ओलीका पछाडि सुराकी खटाएकै हो ?

के सरकारले ओलीका पछाडि सुराकी खटाएकै हो ?

आफनो पछाडि सुराकी खटाएको आरोप लगाएपछि सरकारका प्रबक्ता ज्ञानेन्द्रबहादुर कार्कीले त्यसको खण्डन गरेका छन् । सञ्चारमन्त्री समेत रहेका कार्कीले सरकारले प्रमुख प्रतिपक्षी दलका नेताको गुप्तचरी नगरेको स्पष्टीकरण दिएका छन् ।

शुक्रबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कार्कीले ओलीको दाबीको खण्डन गरे । गुप्तचर खटाएको र फोन ट्यापिङ गरेको दाबी निराधार भएको भन्दै उनले यस्तो भ्रममा कोही पनि नपर्न अनुरोध गरे।

सरकार व्यक्तिको स्वतन्त्र र गोपनियताको अधिकारप्रति सचेत रहेको र यसको सम्मान तथा सम्वद्र्धन गर्न प्रतिवद्ध रहेको मन्त्री कार्कीले बताए। यस अघि अध्यक्ष ओलीले सरकारले आफ्नो घर अगाडि गुप्तचर खटाएको र नागरिकको फोन ट्यापिङ गरेको आरोप लगाएका थिए । 

गुप्तचर सुराकी

विशेष