News राजनीति

सत्ता सञ्चालनको कुरा दिल्लीमा गर्ने होईन, देशमा गर्नुपर्छः विजुक्छे

सत्ता सञ्चालनको कुरा दिल्लीमा गर्ने होईन, देशमा गर्नुपर्छः विजुक्छे

नेपाल किसान मजदुर पार्टी नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले सत्ता सञ्चालनको कुरा दिल्लीमा नभई जनताको बीचमा गर्नुपर्ने बताएका छन् । शुक्रवार पोखरामा पत्रकारसँग बोल्दै उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गरेर यस्तो बताएका हुन।

विजुक्छेले सत्तारुढ दलहरु जनताको बिरुद्धमा गएको आरोप पनि लगाए। अहिलेको सरकार वामपन्थीहरु तोड्न दक्षिणपन्थी मिल्न नपाउने बताए । चुनावअघि जनतामाझ लगेका घोषणापत्र कार्यान्वयन गर्न दलहरु नलागेको उनले बताए ।

अहिलेका कम्युनिष्ट पार्टीहरु जनताको अभिमतलाई कुल्चिएर, जनताको आदेशलाई उल्लंघन गरेर कहिले काँग्रेससँग र कहिले राप्रपासँग मिल्ने गरेको भन्दै यो सिद्धान्त विपरितको कुरा भएको विजुक्छेले बताए ।

‘जनताको आदेशलाई उल्लंघन गरेर यी राजनीतिक पार्टीहरुले काँग्रेससँग पनि मिल्ने, राप्रपासँग पनि मिल्ने, जुनसँग पनि मिल्ने यो दूषित कुरा हो’ उनले भने–‘यसले देशलाई अघि लैजाँदैन । यो गलत हो । त्यसकारण घोषणापत्र पहिला बनाएर त्यही आधारमा चुनाव लड्नुपर्छ ।’
 

विशेष