News अपराध सुरक्षा

तारकेश्वर घट्नाः ३ जनालाई टाउकोमा हानेर बेहोस बनाई पेटमा घोपेर मारेको रिपोर्ट, एक जनाको आत्महत्या

तारकेश्वर घट्नाः ३ जनालाई टाउकोमा हानेर बेहोस बनाई पेटमा घोपेर मारेको रिपोर्ट, एक जनाको आत्महत्या

काठमाडौंको तारकेश्वर नगरपालिका–२, पदमसालमा परिवारै सखाप हुने गरी भएको घट्नामा पोष्टमार्ट रिपोर्ट प्रहरीको प्रारम्भिक अनुशन्धान र घट्नास्थलमा भेटिएको सुसाईड नोटसँग मेल खाने खालको आएको छ। 

पोष्ट मार्टमा संलग्न एक चिकित्सकका अनुसार मृत भेटिएका ४ मध्ये तीन जनालाई बेहोस बनाउन पहिले टाउकोमा हानेर त्यसपछि धारिलो वस्तुले छाती र पेटमा घोपेको देखिएको छ। 

भीमसेनथापा गाउँपालिका–६ गोरखा स्थायी घर भई पदमसालमा बस्दै आएका ४१ वर्षीय दिनेश पाण्डे, उनकी पत्नी ३९ वर्षीय सुनिता, १३ वर्षकी छोरी आशिका र ८ वर्षीय छोरा आशिक साउन १६ गते बिहान घरमै मृत फेला परेका थिए । त्यसपछि प्रहरीले शव र घटनाको मुचुल्का उठाएर पोस्टमार्टमका लागि चारै जनाको शव त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएको थियो ।

पोस्टमार्टममा संलग्न चिकित्सक र अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार परिवारका सदस्यको हत्या गरेर दिनेशले आत्महत्या गरेको हुन सक्ने अनुमान लगाएका छन् । पोष्टमार्टममा दिनेशको पनि देव्रे हात र पेटमा चोट देखिएको छ। परिवारै सखाप पारेपछि विछिप्त बनेका दिनेशले आफनै शरिरमा धारिलो वस्तु प्रहार गरेको र त्यसपछि झुण्डिएको हुन सक्ने प्रहरीको आशंका छ।

पोस्टमार्टम रिपोर्ट अनुशार दिनेशको मृत्यु ‘ह्यांगिङ’बाट भएको देखिएको छ भने सुनिता, आशिका र आशिकको मृत्युको कारण टाउकोमा भारी वस्तुले हानेर र शरीरका विभिन्न भागमा धारिलो वस्तु घोपेर भएको देखिन्छ ।

पोस्टमार्टम रिपोर्टको नतिजा अनि घटनाको स्थलगत अवलोकनले दिनेशबाटै घट्ना भएको देखिएको एक प्रहरीले जानकारी दिए । घटनास्थलमा फेला परेको दिनेशको सुसाइड नोटमा पनि ‘श्रीमती र छोरा÷छोरीको हत्या गरेर आफूले आत्महत्या गर्न बाध्य भएको’ उल्लेख छ ।

सुसाइड नोटमा दिनेशले पत्नीसँग सम्बन्ध बिग्रिएको, माइतीपक्षसँग मिलेर सम्पत्ति हडप्न खोजेको, आफूलाई घरेलु हिंसा गरेको आरोपमा प्रहरीमा थुनाएको लगायत विषय उल्लेख गरेका छन् । १२ वर्ष कुवेत बसेर केही वर्षअघि मात्रै फर्किएका दिनेश र उनकी श्रीमती सुनिताको केही वर्षयता पारिवारिक सम्बन्ध राम्रो नभएको पाईएको छ।

उनीहरुको विवाद प्रहरीसम्मै पुग्ने गरेको र मिलापत्र टुंगिने गरेको देखिएको छ । 

यो पनि,

तारकेश्वर नगरपालिका हत्या

विशेष