News

स्विकृत भएन एआईजी पोखरेलको राजीनामा

स्विकृत भएन एआईजी पोखरेलको राजीनामा

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दिएको राजिनामा स्विकृत हुन नपाउँदै ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश पाएका छन् ।

आईजी धिरजप्रताप सिंहलाई नियुक्त गरेको भन्दै उनी रिट निवेदन लिएर सर्वोच्च अदालत गएका थिए । तर सर्वोच्च अदालतले आफ्नो पक्षमा फैसला नदिएपछि उनले २ साउनमा प्रहरी प्रधान कार्यालय, नक्सालमा राजीनामा बुझाएका थिए ।

उनको राजीनामा नै स्वीकृत भएन । प्रहरी महानिरीक्षकमार्फत गृह मन्त्रालय हुँदै मन्त्रिपरिषद्बाट राजीनामा स्वीकृत हुनुपथ्र्यो । सरकारले सिंहलाई १८ वैशाखमा प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो । लगत्तै पोखरेल बिदा बसेका थिए ।

कनिष्ठलाई आईजीपी बनाएको भन्दै उनले तत्कालीन महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई एक महिना बिदा मागेका थिए । उनले स्वीकृत गरेको बिदा सकिएपछि पोखरेलले पुनः १० दिन बिदा मागेका थिए तर, महानिरीक्षक सिंहले स्वीकृत गरिदिएनन् ।

अदालतबाट पनि आफ्नो पक्षमा आदेश नआएपछि उनले राजीनामा बुझाएका थिए । 

विशेष