News राजनीति

ओलीको क्षेत्रमा चुनाव लड्ने माओवादी नेता तामाङ्गको घोषणा

ओलीको क्षेत्रमा चुनाव लड्ने माओवादी नेता तामाङ्गको घोषणा

माओवादी निकट विद्यार्थी संगठनका पूर्वअध्यक्ष रञ्जित तामाङले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरुद्ध चुनाव लड्ने घोषणा गरेका छन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका तामाङ्गले ओलीको निर्वाचन क्षेत्र झापा क्षेत्र–५ बाट उम्मेदवारी दिने वताएका हुन।

विहिवारको मन्त्री परिषद बैठकले मंसिर ४ गते चुनावको मिति घोषणा गरेपछि तामाङले ओलीसँग चुनाव लड्ने सार्वजनिक गरेका हुन् । तर, उनले टिकट पाउने नपाउँने टुङ्गो लागेको छैन। पाँच दलीय गठबन्धनले टिकट पाए चुनाव लड्ने बताएका हुन। । तर, उनी स्वयमले भने गठबन्धनबाट आफूले टिकट पाउँने जिकिर गरेका छन्।

झापा क्षेत्र नं. ५ मा ०७४ सालको चुनावमा ओली ५७ हजार १ सय ३९ मत ल्याएर विजयी भएका थिए । प्रतिद्वन्द्वी काँग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत ल्याएका थिए । त्यतिबेला कुल १ लाख ३७ हजार ५१४ मत रहेकोमा ९३ हजार ४८ मत खसेको थियो । 
 

विशेष