News

विकास र प्रविधिको अध्ययन गर्न प्रचण्ड जापान जाँदै

विकास र प्रविधिको अध्ययन गर्न प्रचण्ड जापान जाँदै

जापानको विकास र कृषि प्रविधिको अध्ययन गर्न  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आज जापान जाँदैछन् । आज राती साढे १० बजे नेपाल वायुसेवा निगमको फ्लाइटबाट ५ दिने भ्रमणका लागि उनी जापान जान लागेका हुन्।

दाहालले जापानमा रहँदा प्रवासी नेपालीहरुसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम छ। साउन २३ गते जन प्रगतिशील मञ्चको अन्तरक्रियामा भाग लिने दाहालले त्यसपछि त्यसपछि प्रवासी माओवादीको संगठनका सदस्यहरुसँग छलफल गर्ने उनको सचिवालयले जनाएको छ।

दाहालले जापानको विकासबारे अध्ययन गर्ने र कृषिमा जापानले भित्र्याएको नयाँ प्रविधिको पनि अवलोकन गर्ने कार्यक्रम छ।

विशेष