News

नेपाल समाजवादी पार्टीको अध्यक्षमा बाबुराम र महेन्द्रराय चयन

नेपाल समाजवादी पार्टीको अध्यक्षमा बाबुराम र महेन्द्रराय चयन

नेपाल समाजवादी पार्टीको अध्यक्षमा दुई जना चयन भएको छ। शनिबार ललितपुरमा बसेको बैठकले केन्द्रीय समितिको अध्यक्षमा डा. बाबुराम भट्टराई र महेन्द्रराय यादवलाई चयन गरेको हो।

पार्टीको विधानमा व्यवस्था गरिएको संघीय परिषद् अध्यक्ष पद भने खाली राखिएको छ। सहअध्यक्षमा गंगानारायण श्रेष्ठ, उपाध्यक्षमा दुर्गा सोब, हिसिला यमी र भक्तबहादुर शाह तथा महासचिवमा रमेश यादव चयन भएका छन् ।

बैठकले सातवटा भौगोलिक, एक गैरभौगोलिक र प्रवास गरी ९ प्रदेशको नेतृत्वलाई केन्द्रीय कार्यकारिणी समितिमा थपेको छ ।

प्रदेश १ को इन्चार्जमा राजेन्द्र किराती, मधेशमा देवेन्द्र यादव, बागमतीमा अक्लबहादुर थिङ, गण्डकीमा मोती रिजाल, लुम्बिनीमा कमल खनाल, कर्णालीमा देवीबहादुर बुढाथोकी, सुदूरपश्चिममा डा. जनक शाह, गैरभौगोलिकमा ईश्वर रिजाल र प्रवासमा जीएस गुरुङ चयन भएका छन् ।

यस अघि पार्टीमा हिसिला यमीसहित तीन जना अध्यक्ष वनाउने तर भट्टराई अध्यक्ष नवन्ने चर्चा चलेको थियो।

यो पनि,
नयाँ पार्टीमा बाबुरामको नयाँ प्रयोगः श्रीमतीसहित तीन जना अध्यक्ष बनाउँदै

नेपाल समाजवादी पार्टी बाबुराम भट्टराई

विशेष