News राजनीति

ओलीको टिप्पणीः कांग्रेस बन्चरो, प्रचण्ड र माधव त्यसका विँड

ओलीको टिप्पणीः कांग्रेस बन्चरो, प्रचण्ड र माधव त्यसका विँड

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कांग्रेसको विँड भन्दै आलोचना गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित अगुवा कार्यकर्ता भेलामा ओलीले कांग्रेसलाई विगतमा २३ सिटमा खुम्च्याइदिको तर अहिले कम्युनिस्टलाई हराउन कम्युनिस्ट नै कांग्रेसको बींड बनेको आरोप लगाए । एमाले ढाल्न दाहाल र नेपाल नेपाली कांग्रेसरुपी बन्चरोको बींड बनेको उनको टिप्पणी छ।

रुख ढाल्ने बन्चरोको बींड रुखकै काठ प्रयोग हुँदा रुख धुरुधुरु रोएको एउटा कथा सुनाउँदै उनले भने–‘कांग्रेसको बींड हेर्नुस् त कस्ता छन् ? एमाले काट्ने, एमाले सिध्याउने भनेका बींड कस्ता छन् के के नामका छन् ?’

‘हिजोपनि मैले एक ठाउँमा भनेको थिए । बन्चरो लिएर एकजनाले रुख ढाल्न थालेछन् । वरिपरिका रुखहरू बराबरी आँसु खसालेर रुन लागेछन् । अरु रुखहरूले सोधे किन यसरी आँसु खसाएर रुन थालेको ? आखिर ढल्नु त छँदैछ ।’ उनले भने–‘अब ८ अर्बपछि केही बीचमा भएन भने, बीचमा भयो भने त ध्वस्त भइहाल्छ, केही नभई यसै शान्त ढंगले चल्ने हो भने ८ अर्ब वर्षपछि यो पृथ्वी समाप्त हुन्छ । अब ८ अर्ब वर्षमात्र बाँकी छ । यो पृथ्वी वैंशमा छ अहिले । कुनै दुर्घटना भए बैंशमा पनि जान सक्छ । भएन भने पनि ८ अर्ब वर्षपछि त खत्तम हुन्छ ।’

उनले अगाडि भने– त्यो भन्दा छ÷सात अर्ब बर्ष अगाडि नै मानवजाति समाप्त भइसकेको हुन्छ । यो सौर्य मण्डल नै समाप्त हुन्छ भने कसैले काटेर ढाल्न लाग्यो भनेर किन पिल–पिल आँशु खसाएको भनेर वरिपरिका रुखले सोधे । अनि देख्नेहरुले भने फलामको बञ्चराले रुखहरू काट्यो ठूलो कुरा हैन । तर हामीलाई काट्ने बञ्चराको बिँड चाहिँ हामी जस्तै काठैको छ त्यो चाँही दुःखको कुरा हो भन्यो । अहिलेको राजनीति त्यस्तै छ । 

काँग्रेसका बिँड चाहिँ कस्ता छन् हेर्नुहोस त ? एमाले ढाल्ने, एमाले काट्ने, एमाले सिध्याउने बिँडका नाम चाँही कस्ता कस्ता छन् ? त्यही भनेर रुख बर बर आँशु खसाल्दो रहेछ । ढल्नुपर्यो, जानुपर्यो भन्ने पीर हैन, बञ्चराले मात्र रुख ढाल्नै सक्दैन तर बिँड नभई । घोट्दा पनि हुँदैन केही गर्दा पनि हुँदैन बिँड नभई । अहिले बिँडको कारणले बञ्चरो चम्केको छ । काँग्रेसलाई हामीले जम्मा २३ सिटमा पुर्याइदिएका थियौं २३ सिटमा । 

कांग्रेसला हामीतिर फर्केर हेर्नै नसक्ने अवस्थामा पुर्याएको तर, यिनै बिँडले कम्युनिष्ट सरकार ढाल्न रुवावासी गरेके उनको भनाई छ। ‘जसले कम्युनिष्ट पार्टी फुटाएर, अदालत गएर, कम्युनिष्ट सरकार ढालीपाँउ, दक्षिणपन्थी सरकार ढालीपाँउ, त्यसका लागि परमादेश जारी गरिपाऊँ भन्ने यिनै बिँड हुन् । त्यो अवस्थामा हामी छौँ’ उनले थपे–‘चुनाव आउँदैछ यो नेता के के गठबन्धन गर्दैछन् छोडिदिँउ तर माओवादी पछाडि लागेका कार्यकर्ता र माधव नेपाल पछाडि लागेका कार्यकर्तालाई भन्नु पर्दछ काँग्रेसका बिँड भएर कम्युनिष्ट सिध्याउने कि कम्युनिष्ट पार्टीलाई जोगाउने भनेर सम्झाउनुपर्दछ र फर्काउनुपर्दछ । ’
 

विशेष