News

भागेर विवाह गरेको एक महिनामै विष्णु रावलको कसरी भयो मृत्यु ?

भागेर विवाह गरेको एक महिनामै विष्णु रावलको कसरी भयो मृत्यु ?

एक महिना अघि मात्रै घरबाट भागेर प्रेमीसँग विवाह गरेकी कैलालीकी एक किशोरीले मुत्युको बाटो रोजेकी छिन् । दैलेखको गुँरास गाउँपालिका–२ बाट भागेर कैलालीको जानकी गाउँपालिका–६ जगतपुर बस्ने भरत भण्डारी (अर्जुन) सँग प्रेम विवाह गरेकी १९ वर्षीय विष्णु रावलले मृत्युको बाटो रोजेकी हुन।

मृतकका श्रीमान भरले प्रहरीलाई दिएको जानकारी अनुसार विहिवार उनी घाँटीमा पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेकी थिईन। भरतले नै पासो काटेर उद्वार गरी रावललाई उपचारका लागि टीकापुर अस्पताल पुर्याएका थिए ।

तर, उनले रोजेको बाटोमा श्रीमानले पनि अवरोध गर्न सकेनन्। उपचार गराएर जोउने उनको प्रयास असफल भयो र रावलको मृत्यु भयो। उपचारकै क्रममा रावलको मृत्यु भएको भन्दै अस्पतालमा चिकित्सकले घोषणा गरेको इलाका प्रहरी कार्यालय टीकापुरका डीएसपी हेमबहादुर शाहीले वताए ।

घटनाको अनुसन्धानका लागि मृतकका श्रीमान्लाई प्रहरीले नियन्त्रणमा लिएको थियो। तर, शुक्रबार उनलाई पनि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। प्रारम्भीक अनुसन्धानमा हत्या गरेको जस्तो नदेखिएकाले शुक्रबार आफन्तको जिम्मा लगाईएको डिएसपी शाहीको भनाई छ।

हत्यालाई बल पुग्ने प्रमाण फेला परेमा जुनसुकै बेला पनि नियन्त्रणमा लिने प्रहरीको भनाई छ। मृत्युको कारण अहिलेसम्म प्रहरीले फेला पारेको छैन। मृतकका माइती पक्षले भने घटना शंकास्पद भएकाले निष्पक्ष अनुसन्धानको माग गरेका छन्।

प्रेम विवाह गरेर आफूखुसी घरजम गरेकी वहिनीले आत्महत्या गर्नु पर्ने कारण नभएको भन्दै मृतककी दिदी जमुना रावलले निस्पक्ष छानविनको माग गरेकी हुन। घटना भएको दिनसमेत उनले आमासँग कुराकानी गरेको बताएकी उनले त्यसको केही समय पछि नै दुखद खबर सुन्नु परेको उनको भनाई छ।
 

विशेष