चीनसँग तनाव वढिरहेका वेला ताइवानका वरिष्ठ मिसाइल विकास अधिकारी मृत्यु
![चीनसँग तनाव वढिरहेका वेला ताइवानका वरिष्ठ मिसाइल विकास अधिकारी मृत्यु](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/08/taiwan.jpg)
अमेरिकी सभामुख न्यान्सी पेलोसीको भ्रमणका कारण चीनसँग तिक्तता ब्यहोरिरहेको ताइवानका वरिष्ठ मिसाइल विकास अधिकारी होटलमा मृत फेला परेका छन् । दक्षिणी ताइवानको पिङटुङमा ५७ वर्षिय औ याङ लि–एचसिङ मृत फेला परेका हुन।
व्यावसायिक भ्रमणका क्रममा पिङटुङ पुगेका उनको मृत्युको कारण भने खुलेको छैन। ताइवानको रक्षा मन्त्रालयअन्तर्गतको अनुसन्धान तथा विकास एकाइ नेशनल चुङ–शान इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजीमा उनी डेपुटी प्रमुख थिए।
पछिल्लो समय ताइवानले आफ्नो सैन्य क्षमता बढाउने उद्देश्यका साथ मिसाइल उत्पादन क्षमता दोब्बरभन्दा धेरैले बढाउनको लागि काम गरिरहेको छ। यही क्रममा औ याङ होटलमा मृत फेला परेको जनाईएको छ।