News राजनीति

किन नेतालाई गाली गर्छन लामिछाने, भन्छन्–उनीहरुसँग नारा नै छैन

किन नेतालाई गाली गर्छन लामिछाने, भन्छन्–उनीहरुसँग नारा नै छैन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सात वटै प्रदेशमा पार्टीको भेला र कार्यकर्ता भेटघााटमा ब्यस्त छन् । यो देश दौडामा उनले आफनो पार्टीलाई राम्रो देखाउने भन्दा पनि ठुला राजनीतिक दल र नेताहरुलाई काम नलाग्ने भनेर प्रचार गरिरहेका छन् ।

शनिवार बुटवलमा आयोजित पार्टीको लुम्बिनी भेलालाई सम्वोधन गर्ने क्रममा पनि उनले पूर्वप्रधानमन्त्री र ठूला भनिएका पार्टीका नेताहरुको आलोचना गरे । मुलुकमा ६/६ जना प्रधानमन्त्री हुँदा पनि कुनै गर्व गर्न लायक काम नभएको आरोप लगाए। लामिछानेले ६/६ जना पूर्वप्रधानमन्त्री जिउँदो भएको देशमा के भयो ? भनेर प्रश्न गर्न नागरिकलाई आग्रह गरे।  

‘आफै पढेको त्रिचन्द्र कलेजको दूरावस्था हुँदा पनि सुधार्न नसक्नेहरूले के गर्छन’ उनले भने–‘ठूला पार्टीहरूले तपाइहरूलाई झुक्याई मात्रै राखेका छन्, त्यसैले यसपटक त्यस्ता झुटको पछि नलाग्नुस्।’ 

आउँदो मंसिर ४ को प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा जनतासँग भोट माग्ने नैतिकता ठुला पार्टीका नेतासँग नभएको उनले दावी गरे। ‘के गर्छौ र के दिन्छौं भनेर भोट माग्छन्। थप झुक्याउनका लागि ठूला भनिएका दलहरूसँग नारा नै छैन’– उनले भने। 

उनले अख्तियार र न्यायालयको पनि आलोचना गेर । भ्रष्टाचार हेर्न नसक्ने अख्तियार, भ्रष्टाचारीको फाइल हेर्न नमिल्ने न्यायालयको के काम भन्दै उनले जनताको असली शासन व्यवस्था आफूहरूले ल्याउने जिकिर गरे।
 

राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछाने

विशेष