News अपराध सुरक्षा

रिटायर हुन लागेका डिआईजीलाई एआईजीमा वढुवा गर्न सरकारमा चलखेल

रिटायर हुन लागेका डिआईजीलाई एआईजीमा वढुवा गर्न सरकारमा चलखेल

राष्ट्रिय किताब खानाले अवकाशको पत्र बुझाई सकेका राष्ट्रिय अनुसन्धान विभागका दुई जना डीआईजीलाई बढुवा गर्न सरकारमा चलखेल सुरु भएको छ। एआईजी (अतिरिक्त मुख्य अनुसन्धान निर्देशक) को दरबन्दी थप गरेर उनीहरुलाई वढुवा गर्न कांग्रेस र माओवादीले चलखेल सुरु गरेका हुन।

राष्ट्रिय अनुसन्धान विभाग हाल एक जना एआईजीको दरवन्दी छ। एआईजी कुलदीप थापाले ३ साउनमा अनिवार्य अवकाश पाएपछि विभाग एआईजीविहीन छ। रिक्त अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा पहिलो नम्बरमा रहेका हुत्तराज थापालाई बढुवा गर्ने र राष्ट्रिय सुरक्षा परिषदमा दरबन्दी थपेर चौथो नम्बरमा रहेका ओम जोशीलाई पनि बढुवा गर्ने तयारी छ।

कुलदीप थापालाई पनि सरकारले ४ दिनका लागि बढुवा गरेको थियो। चार दिनका लागि भए पनि फुली थपेर थापाले पेन्सन थापिसकेका छन् । सरकारले फेरी पनि एआईजी वढुवा गर्नु पर्ने प्रकृया रोकेर नयाँ दरबन्दी थपेर २ जना एआईजी बनाउने तयारीमा लागेको श्रोतले जनाएको छ।

यसमा खास गरी नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरु लागेको विभाग स्रोतले जनाएको छ। माओवादी निकटका हुत्तराज थापा र नेपाली कांग्रेस निकटका ओम जोशीलाई बढुवा गर्न दरवन्दी थप गर्ने तयारी भईरहेको छ। यद्यपी डिआईजीको ५ वर्षे अवधि सकिनै लागेकाले थापा र जोशीलाई राष्ट्रिय किताब खानाले अवकाशको पत्र पठाइसकेको छ । थापा र जोशीसहित हरिहर पौडेल र सुनिल ढकालले १३ भदौमा डीआईजीबाट अनिवार्य अवकाश पाउँदैछन् ।

तर, उनीहरूलाई एआईजी वनाउन सरकार एआईजीमा नयाँ दरबन्दी थप गर्न लालिपरेको श्रोतको दावी छ। जोशी र थापालाई एआईजीमा बढुवा गरे भदौ १४ गते मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेलको अवकाशपछि दुई मध्ये एक जना मुख्य अनुसन्धान निर्देशक बन्नेछन् ।

तर, यसको सिधा असर भने डिआईजीहरु सुमन वैद्य, टेकेन्द्र कार्की, प्रकाश कार्की, मधु कार्कीलाई पर्ने छ। किनकी दरवन्दी थप नभए मुख्य अनुसन्धान निर्देशकमा उनीहरुकै दावी रहन्छ। त्यस मध्येमा पनि सुमन र  टेकेन्द्रको सम्भावना धेरै छ। 

तर, एआईजीको दबन्दी थप गरेर थापा र जोशीलाई बढुवा गरे वैद्य र टेकेन्द्रले डीआईजीबाटै अवकाश पाउने निश्चित गरेको विभाग श्रोतले जानकारी दिएको छ। 
 

राष्ट्रिय अनुसन्धान विभाग

विशेष