News अपराध सुरक्षा

श्रीमती र सासुलाई मट्टितेल खन्याई आगो लगाएर घर ज्वाई फरार

श्रीमती र सासुलाई मट्टितेल खन्याई आगो लगाएर घर ज्वाई फरार

महोत्तरीमा आफ्नै श्रीमती र सासुलाई मट्टितेल खन्याई आगो लगाएर घर ज्वाई फरार भएका छने। 

भंगहा नगरपालिका–९ कन्चनवनकी ६५ वर्षिया रेशमादेवी सदा र उनकी छोरी ३५ वर्षिया प्रमिलालाई शनिबार राती पौने १२ बजे आगो लगाएर घर ज्वाई वसेका शंकर सदा फरार भएका हुन। रेशमादेवी शंकरकी सासु र प्रमिला उनकी श्रीमती हुन।

रेशमादेवीको पिठ्युँ, पाखुरा र बाँया खुट्टा जलेको छ भने प्रमिलाका दुबै हात, दुबै खुट्टादेखि पैतला र छाती समेत जलेको छ। उनको अवस्था गम्भीर छ।  दुबै जनालाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको थियो। तर, उपचार सम्भव नभएपछि आइतबार काठमाडौं पठाइएको महोत्तरीका डिएसपी प्रकाश बिष्टले जानकारी दिए ।

घरायसी विवादमा ज्वाइँले वृद्ध सासु र श्रीमतीलाई मट्टितेल खन्याएर आगो लगाएको प्रहरीको भनाई छ। सासु र श्रीमतीलाई आगो लगाएर हत्या गर्न खोज्ने शंकर सदा घटनापश्चात् फरार छन् ।

उनी वैदेशिक रोजगारबाट फर्केपछि करिव १ वर्षदेखि ससुरालीमै बस्दै आएका थिए । 
 

मट्टितेल खन्याई आगो

विशेष