News

एटिएम फुटाएको कसुरमा जेल पुगेका युवा छुटे लगत्तै एटिएम फुटाउँदै गर्दा पक्राउ

एटिएम फुटाएको कसुरमा जेल पुगेका युवा छुटे लगत्तै एटिएम फुटाउँदै गर्दा पक्राउ

एटिएम मेसिन फुटाएर चोरी गरेको अभियोगमा पक्राउ परी कैद भुक्तान गरेर छुटे लगत्तै एटिएम मेसिन फुटाउँन पुगेका एक युवकलाई फेरी प्रहरीले पक्राउ गरेको छ। यसरी पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका–३ का २३ वर्षीय कृष्णबहादुर विक छन् ।

कास्किको पोखरा महानगरपालिकाि १७, बिरौटा स्थित एनआईसी एसिया बैंकको एटीएम फोडेर नगद चोर्दै गरेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो। एटीएम मेशिन फोर्दै गर्दा प्रहरीले विकलाई पक्राउ गरीको कास्कीका डीएसपी सुन्दर तिवारीले बताए ।

उनीविरुद्ध ७ दिनको म्याद लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ। उनी यसअघि पनि एटिएम मेसिन फुटाएको कसुरमा पक्राउ परेर जेल परेका थिए। माछापुच्छ्रे बैंकको एटीएम मेशिन फोर्दै गरेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको थियो।

उनी विरुद्ध प्रहरीले चलाएको मुद्दामा जिल्ला अदालत कास्कीले एक लाख रुपैयाँ धरौटी माग गरेको थियो। तर उनले धरौटी बुझाउन नसकेपछि पुर्पक्षका लागि कारागार पुगेका थिए । अदालतले तोकेको कैद भुक्तान गरेर छुटेका विक सोही अपराधमा संलग्न भएको पाइएपछि पुनः पक्राउ गयिरएको कास्की प्रहरीको भनाई छ।
 

एटिएम मेसिन

विशेष