News

ओली सवार हेलिकप्टर आकस्मिक अवतरण

ओली सवार हेलिकप्टर आकस्मिक अवतरण

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सवार सिम्रिक एयरको हेलिकप्टर आकस्मिक अवतरण गराईएको छ। काठमाडौंबाट रौतहटको गौरतर्फ उडेको हेलिकोप्टर मौसमको खरावीका कारण सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।

रौतहटको गौरमा आयोजित कार्यक्रममा सहभागी हुन ओली सिम्रिक एयरको हेलिकप्टर चढेर काठमाडौंबाट हिडेका थिए । तर, अत्याधिक वर्षाका कारण हेलिकप्टर अगाडि वढ्न नसकेपछि सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको जनाईएको छ।

ओली सिमरा विमानस्थलको विशिष्ट कक्षमा बसेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका उपमेयर भोलाप्रसाद अधिकारी तथा एमाले नेता मनोज पौडेलसहित नेताकार्यकर्ता विमानस्थल पुगेका छन् । मौसममा सुधार नभए सडक मार्ग भएर गौर पुग्ने तयारीमा ओली रहेको जनाईएको छ।
 

विशेष