News

प्रधानमन्त्री बन्ने आरजुको योजनामा दिल्ली बोलाईएका थिए प्रचण्ड ?

प्रधानमन्त्री बन्ने आरजुको योजनामा दिल्ली बोलाईएका थिए प्रचण्ड ?

प्रधानमन्त्री पत्नि एवम नेपाली कांग्रेसकी केन्द्रिय सदस्य आरजु देउवा असार २६ देखि साउन १५ गतेसम्म दिल्लीमा थिईन। उपचारका लागि भनिए पनि उनको दिल्ली भ्रमण चुनावपछि देशको बागडोर कसरी आफनो हातमा लिने भन्नेमा कन्द्रित रहेको खुलासा हुन थालेको छ।

२२ दिन दिल्ली वसेकी आरुजुले उतै मुकाम खडा गरेर कसरी प्रधानमन्त्री बन्ने भन्ने तानावाना वनेर फर्केको स्रोतको दावी छ। यस विचमा उनले भारतीय प्रभावशाली नेताहरुसँग भेटवार्ता, उनीहरुकै सुझाव अनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट तथा आफनै खर्चमा सुदुरपश्चिम भेला समेत गरेको खुलेको छ।

उनले आफु पक्षका कांग्रेसी नेताहरुलाई दिल्लीमै बोलाएर प्रधानमन्त्रीका लागि आफ्नो पक्षमा माहौल वनाउन छलफल गरेको बताईएको छ। करिव एक हप्ता अघि आरुजुको खर्चमा दिल्ली पुगेका नेताहरु मध्ये एनपी साउद, गोविन्दवहादुर शाह, बहादुरसिंह लामा, जितजंग बस्नेत, राजीव ढुंगानालगायत रहेको श्रोतका दावी छ।

उनीहरु मध्ये एनपी साउदलगायत केही नेताहरु दिल्ली स्थित नेपाली दूतावासमा र केही होटलमा बसेका थिए। श्रोतका अनुसार आरजुले दिल्लीमा रहँदा आफ्नो पक्षमा वातावरण बनाउन भारतका नेताहरुसँग निरन्तर छलफपल गरेकी थिईन।

विशेषगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालसँगको सम्वन्ध चुनावसम्म कसरी सुमधुर वनाएर लैजाने भन्ने विषयमा भारतीय नेताहरुले आरजुलाई केही सुझावहरु दिएका थिए। केही दिनअघि अप्रत्यासित रुपमा भएको अध्यक्ष दाहालको दिल्ली भ्रमण पनि सोही योजना अनुसार भएको पार्टी निकट श्रोतको दावी छ।

भारतीय प्रधामन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने घोषणा गरेर तीन दिने भ्रमणमा दिल्ली पुगेका दाहाल दुई पटक आरजु तथा सत्तारुढ दल भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग भेटघाट गरेर साउन १ गते स्वदेश फर्किएका थिए ।

भारतको सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालासँग आरजुको निरन्तर सम्पर्क भइरहेको बताईन्छ।  

यो पनि,

पुष्पकमल दाहाल आरजु देउवा

विशेष