News

जन्मभुमीको ऋण तिर्न जुम्लाबाट चुनाव लड्ने ज्ञानेन्द्र शाहीको घोषणा

जन्मभुमीको ऋण तिर्न जुम्लाबाट चुनाव लड्ने ज्ञानेन्द्र शाहीको घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले जुम्लाबाट प्रतिनिधि सभा सदस्यको चुनाव लड्ने घोषणा गरेका छने । जुम्लामा एक मात्रै निर्वाचन क्षेत्र छ।

औपचारिक जानकारी भने उनले काठमाडौंको थापागाउँस्थित अर्पण पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरेर दिदैछन। पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरु पनि सहभागी हुने उनले बताएका छन् ।

काठमाडौं २ वा चितवन ३ बाट चुनाव लड्न समर्थकले सुझाव दिएपनि उिनले जुम्ला रोजेका हुन। जुम्ला उनमो आफूले जन्मभूमि हो। उनी जुम्लाको सिंजा गाउँपालिका वडानम्बर ३ निवासी हुन् ।

शाहीकै अनुसार पनि जुम्लामा राप्रपा निकै कमजोर छ । गत स्थानीय तहको मतपरिणाम अनुसार राप्रपाले करिब ४५० मतमात्रै ल्याएको उनी बताउँछन् । शाहीको वडामा राप्रपाले १६ मत ल्याएको छ ।

जुम्ला आफ्नो जनमभूमि भएकाले त्यसको ऋण तिर्नु उम्मेदवारी दिन लागेको वताएका उनले जुम्ली जनताले हराए पनि जिताए पनि स्वीकार गर्ने वताएका छन् । जुम्लाबाट २०७४ मा माओवादी केन्द्र गजेन्द्र महत ‘कार्मा’ निर्वाचित भएका थिए । अहिले पनि माओवादीबाट महत र कर्णाली प्रदेशका गृहमन्त्री भइसकेका नरेश भण्डारीको चर्चा रहेको छ ।

भ्रष्टाचार र बेथितीविरुद्ध आवाज उठाउँदाउठाउँदै चर्चामा आएका शाहीले आफूलाई सामाजिक अभियन्ताका रुपमा चिनाउँथे । ‘नेपालका लागि नेपाली’ अभियानबाट गतिविधि गर्दै आएका शाहीलाई अभियाने २०७६ मंसिर ११ मा निष्कासित गरेको थियो ।

०७८ फागुन ६ गते उनी राप्रपामा प्रवेश गरेका हुन। हाल उनी राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको सदस्य र पाँच जना प्रवक्ता मध्येका एक हुन।
 

ज्ञानेन्द्र शाही

विशेष