News अपराध सुरक्षा

रक्सिले मातेर भन्सारका कर्मचारी कुट्ने असईलाई जोगाउन एसपीको चलाखी

रक्सिले मातेर भन्सारका कर्मचारी कुट्ने असईलाई जोगाउन एसपीको चलाखी

मादक पदार्थ सेवन गरी टिल्ल भएका प्रहरीका घुमुवाले सोमवार राती भन्सार कार्यालय विरगञ्जका कर्मचारीलाई कुटपिट गरेका छन्। कुटाई खाने भन्सार कर्मचारी कार्यालय सहयोगी बमबहादुर विशुंखे रहेको बताईएको छ।

सार्वजनिक भएको सीसीटीभी फुटेज अनुसार कलेजी रङको भेष्ट र आपपाईन्ट लगाएका ब्यक्ति भन्सारको यात्रु गेटमा गएर विशुंखेसँग बादविवाद गरेको देखिन्छ। उनले विशुंखेलाई अगाडि वढ्न भनेको झै देखिन्छ भने विशुंखेले इन्कार गरेको जस्तो लाग्छ। त्यसपछि ति अपरिचित ब्यक्तिले विशुंखेलाई हात समाएर रोडतिर घिर्साछन्। विशुंखेले रोडमा रहेको फलामको बारमा समाएपछि ति ब्यक्तिले विशुंखेलाई गर्धनमा दुई पटक जोडले हिर्काउँछन् ।

त्यस वेलासम्म वर्दी लगाएका एक प्रहरी र अर्का एक ब्यक्ति पनि आई पुग्छन् र विशुंखेलाई त्यहाँबाट रोडको पारिपटि पु¥याउँछन्। जुन स्थानमा भएको कृयाकलाप सीसीटीभी फुटेजमा देखिएको छैन। तर, सशस्त्र प्रहरीका जवानहरुको खुट्टा देखिएका छन् । ति ब्यक्तिले सडक पारी लगेर पनि विशुंखेलाई कुटपिट गरेको जनाईएको छ।

जानकारी अनुसार यो घट्ना सोमबार मध्यराति साढे ११ बजेको हो। भन्सार कार्यालयका अनुसार हरेक दिन राति १० बजेपछि वीरगञ्ज भन्सारको बेरियर बन्द हुन्छ। तर, सोमबार राती वेरियर वन्द भएको करिव डेढ घन्टा पछाडि चार÷पाँच जना अपरिचित ब्यक्ति आएर विशुंखेलाई वेरियर खोल्न लगाएका थिए ।

मादक पदार्थ सेवन गरेर नेपाली गाडीमा आएका उनीहरुले प्रहरी हौ भन्दै गेट खोल्न भने। विशुंखे कार्ड देखाउन भनेपछि उनीहरुले कुटपिट गर्न सुरु गरेको भन्सारका कर्मचारीहरु वताउँछन् । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अरुण पोखरेलका अनुसार उनीहरुले कार्यालय सहयोगी विशुंखेले सोधपुछ गर्न खोज्दा उल्टै लछारपछार र दुव्यर्वहार गरेको पाइएको छ ।

विशुंखेले कार्यालयमा निवेदन दिँदै कार्यालयमा रहेका सीसी टीभी फुटेजलाई पनि हेरेर घटनामा संलग्नलाई कानून अनुसार कारबाही गर्न माग गरेका छन् । विशुंखेलाई कुटपिट गर्ने ब्यक्ति नेपाल प्रहरीको घुमुवाका रुपमा खटिएका असई सागर राणा रहेको खुलेको छ।

भन्सार कार्यालयले ड्यूटीमा रहेका कर्मचारीलाई हातपात गर्नेलाई आवश्यक कारबाही गर्न जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्सामा लेखी पठाउने निर्णय गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका एसपी रमेश बस्नेतले भने घट्नालाई सामान्य विवाद भनेका छन्। भन्सार कार्यालयको पत्र नआएको उनले वताए । 
 

वीरगञ्ज भन्सार

विशेष