News विदेश

विहारका मुख्यमन्त्री नितिशकुमारले दिए राजिनामा

विहारका मुख्यमन्त्री नितिशकुमारले दिए राजिनामा

भारतको बिहार प्रान्तका मुख्यमन्त्री नितिश कुमारले मंगलवार पदबाट राजीनामा दिएका छन् । राज्यपाल फागु चौहानलाई भेटेर उनले राजीनामा बुझाएका हुन।

राज्यपाल चौहानलाई भेटेपछि नितिश कुमारले सञ्चारकर्मीहरूलाई आफूले पदबाट राजीनामा दिएको बताएका थिए। पार्टीका सबै विधायक र सांसदहरू एनडीए गठबन्धनबाट अलग हुन चाहेको र गठबन्धनमा सहभागी भारतीय जनता पार्टीसँग मतभेद बढेको जनाईएको छ।

मतभेदकै कारण जनता दल युनाइटेडले मंगलबार बिधायक र सांसदहरूको बैठक बोलाएको थियो । उक्त बैठकले एनडीए गठबन्धन छाड्ने निर्णय गरेको र उक्त निर्णयलाई आत्मसाथ गर्दै आफूले राजीनामा दिएको उनले स्पष्ट पारे ।

योसँगै नितिश कुमारले केन्द्रीय सरकार चलाइरहेको भारतीय जनता पार्टीसँगको गठबन्धन पनि छोडेको बताएका छन्। उनले भाजपाका नेता एवं गृहमन्त्री अमित शाहले आफ्नो पार्टी विभाजन गरी सरकार ढाल्न लागेको आरोप लगाएका छन्।

नितिश कुमार पछिल्लो समय सन् २०१७ मा  बिहारको मुख्यमन्त्री बनेका थिए। 
 

बिहार नितिश कुमार

विशेष