News

अमेरिकी अदालतमा भएको ९ ओटा मुद्दाका विषयमा बोले रवि लामिछाने

अमेरिकी अदालतमा भएको ९ ओटा मुद्दाका विषयमा बोले रवि लामिछाने

पूर्व सञ्चारकर्मी एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध अमेरिकी अदालतमा ९ वटा मुद्दा दर्ता रहेको चर्चाले समाजिक सञ्चालमा निर्क चर्चा पायो। विभिन्न बैंक तथा वित्तीय संस्थाले लामिछानेलाई प्रतिवादी बनाएर अमेरिकाको मेरिल्याण्ड राज्यमा मुद्दा दर्ता गरेको कुरा सार्वजनिक भएपछि सामाजिक सञ्चालमा उनका वोरेमा निकै टिका टिप्पणी भए।

लामिछानेले अमेरिकामा रहँदा लिएको बैंक तथा वित्तीय संस्थाको ऋण र क्रेडिट कार्डको रकम समयमै भुक्तानी नगरेको भन्दै विभिन्न अदालतमा मुद्दा परेको र अमेरिकामा रहँदा सञ्चालन गरेको व्यवसायको लागि खाद्यान्न सप्लाइ गर्ने कम्पनीले समेत समयमा भुक्तानी नपाएको भन्दै अदालतमा मुद्दा दर्ता गरेको आरोप थियो।

चर्चामा आए अनुसार अमेरिकामा रहँदा लामिछाने मेरिल्याण्ड राज्यमा बसेर ब्यवसाय गर्दै आएका थिए । जसमा एक मुद्दा मेरिल्याण्ड राज्य सरकारले पनि दायर गरेको छ । राज्य सरकारले भने समयमा कर नतिरेको भन्दै मुद्दा दर्ता गरेको थियो ।

धेरैजसो मुद्दा लामिछानेले समयमा वित्तीय दायित्व भुक्तानी नगरेको विषयमा रहेको छ । यसमा धेरै मुद्दाहरु किनारामा लागेको भएपनि डिस्कोभर बैंकले बाल्टिमोर काउन्टी अदालतमा दायर गरेको मुद्दाको पूर्ण फैसला आइसकेको छैन ।

यसरी मुद्दाको विषयमा ब्यापक चर्चा हुन थालेपछि लामिछानेले मुख खोलेका छन् । उनले सामाजिक सञ्चालमा आफ्नो ऋण र सम्पत्ति बाँकी नरहेको बताएका छन् । 

‘अमेरिकामा आफ्नो जायजेथा बेच्दा, सबै ऋण नतिरी बेच्न मिल्दैन। मैले सबै तिरोतारो सकिसकेंको छु। न मेरो ऋण बाकी छ न मेरो नाममा कुनै सम्पत्ती नै छ। प्रक्रिया त सबैले पूरा गर्नु पर्छ। ओपन लेखिएको एउटा केसमा तिर्नु पर्दैन भनेर वादीले नै फिर्ता गरेको भोल्युन्छर डिसमिस्ड लेखेकै छ। (फोटोमा हेर्नु होला, निश्चिति समय पछि त्यो पनि क्लोज नै देखिन्छ) यी सबै मेरो ब्यवशाय सँग सम्बन्धित क्रेडिटर र भेन्डर सँगका विषय हुन्।’ उनले लेखेका छन्–‘हुन त बैंक प्रोपर्टी फाइल गरेको भए पनि हुन्थ्यो तर मैले बरु बक्यौता तिर्ने तर सकेसम्म कम तिर्ने सोच राखेको चाहिँ हुँ। भागेको, लुकेको, ठगेको केही पनि होइन। भुलेको भए बेग्लै कुरा तर मैले  नियतवश  ब्यक्तिगत लेनदेन समेत गरि कसैलाई केही तिर्नु पर्ने बाँकी राखेको छैन।’

उनले यो मुद्दाको कुरा सामाजिक सञ्चालमा ल्याउनेलाई पनि शुभचिन्तक भन्दै धन्यवाद दिएका छन् । ‘पनि फेरी निकै वर्ष भयो। मैले त भुली पनि सकें तर मलाई सम्झेर यति पुरानो कुरा खोजेर यो जानकारी उपलब्ध गराउने शुभ चिन्तकहरु प्रति आभारी छु’ उनले थपेका छन्–‘अरु केही भए यसरी नै खोजी गरेर सहयोग गरिदिनु होला है। यो दुनियाँमा आजका मितिसम्म मेरा विरुद्ध कुनै  मुद्दा  भएको मलाई जानकारी छैन। थाहा पाएँ भने अघिल्लो जन्मको समेत तिर्छु। शुभ चिन्तक हुन् त मेरा जस्ता जो संसार भुलेर मेरो चिन्ता गर्छन्।’

लामिछाने नेपाली मिडियामा काम गर्दागर्दै अमेरिका गएका थिए । केही वर्षअघि उनी नेपाल फर्केर फेरि मिडियामै लागे। केही समयअघि मात्रे उनी मिडिया छोडेर राजनीतिमा लागेका छन् । 

रवि लामिछाने

विशेष