News

काठमाण्डौंको फोहोर विसर्जनमा बल प्रयोग, १४ वटा गाडि तोडफोड

काठमाण्डौंको फोहोर विसर्जनमा बल प्रयोग, १४ वटा गाडि तोडफोड

काठमाडौंको फोहोर बोकेर बन्चरे डाँडा ल्यान्डफिल क्षेत्रमा गएका गाडी सोमबार राती अज्ञात समूहले तोडफोड गरेको छ । सिस्डोल–बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने ठाउँमा टिपर र डोजर तोडफोड भएको हो।

पार्किङ गरेर राखिएका १४ वटा टिपर र ३ वटा डोजर तोडफोड भएको काठमाडौं महानगरपालिकाले जनाएको छ । प्रहरीका अनुसार राति करिव ८ बजेर ५० मिनेटमा गाडि तोडफोड भएका हुन।

तोडफोड भएका सवारी साधानहरु फोहोर मैला व्यवस्थापन गर्ने कम्पनी र निजी क्षेत्रका हुन् । काठमाडौं महानगरपालिका डिएसपी पूर्णचन्द्र भट्टले १४ वटा फोहोरका गाडी र सडक मर्मतमा प्रयोग भएका तीनवटा डोजर तोडफोड भएको बताए ।

सोमबार दिउँसो काठमाडौं महानगरपालिकाले बल प्रयोग गरेर बन्चरे डाँडामा ४० टिपर फोहोर विसर्जन गररेको थियो। राति अबेर भएपछि फोहोर बोकेका टिपर सशस्त्र प्रहरीको बेस क्याम्प नजिकै पार्किङ गरिएका थिए ।

फोहोर बोकेका गाडी तोडफोड भएपछि काठमाडौंको फोहोर व्यवस्थापनमा पुनः समस्या देखिएको छ । स्थानीयका माग सम्बोधन गर्ने सहमतिसहित पछिल्लो समय यहाँको फोहोरलाई बञ्चरेडाँडा लिएर व्यवस्थापन थालिएको थियो । तर, पछिल्लो समय पुनः स्थानीयवासीले आफ्ना मागबारे बेवास्था गरेको भन्दै आपत्ति जनाउँदै आएका छन् ।

नुवाकोट र धादिङका स्थानीयले फोहोर बोकेको गाडीबाट धेरै धुलो उड्यो भन्दै गाडी आवातजावतमा रोक लगाउन खोजेका थिए । तर, प्रहरी झिकाएर फोहोर विसर्जन गराइएको थियो । त्यति वेला स्थानीवासीले कुनै प्रतिक्रिया जनाएनन्। तर राती कसले फुटायो भन्नै पत्तै नपाएको प्रहरीको भनाई छ।

यसैबीच, टिपर चालकहरूले सिसडोलमा मंगलबार बिहान नाराबाजी गरेका छन् । सशस्त्र प्रहरी पोस्ट नजिकै पार्किङ गरेर राखिएको गाडीलाई समेत सुरक्षा दिन नसकेको भन्दै उनीहरुले विरोध जनाए । 
 

विशेष