News

असमान तलव वृद्धिमा उपसचिवहरुको चलखेल, नासुहरु आन्दोलित

असमान तलव वृद्धिमा उपसचिवहरुको चलखेल, नासुहरु आन्दोलित

सरकारले असमान र विभेदपूर्ण तरिकाले कर्मचारीको तलब वृद्धि गर्ने तयारी गरेपछि देशभरका नायव सुब्बा आन्दोलित भएका छने । सोमवार पेन डाउन गरेका नासुहरुले मंगलबार सिंहदरबारभित्र धर्ना दिएका हुन ।

बजेट वक्तव्यमा भएको व्यवस्थाविपरीत र कर्मचारीभित्रै विभेद हुने गरी तलब बढाउन खोजिएको उनीहरूको आरोप छ। सोमबार कर्मचारीको विरोधपछि तलबसँग सम्बन्धित विषय आयोग गठन गरेरै टुंग्याउने निर्णयमा अर्थ मन्त्रालय पुगेको छ ।

प्रस्तावित तलबमान कायम नगर्ने भनेर मन्त्रालयले प्रतिबद्धता जनाए पनि कर्मचारीले विरोध कार्यक्रम जारी राखेका छन् । नायब सुब्बा र त्योभन्दा तल्लो तहका कर्मचारीको तुलनामा अधिकृतदेखि सचिवसम्मका कर्मचारीको तलब वृद्धि बढी रहेकाले विरोध गरिएको नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले बताए ।

बजेटले सबै कर्मचारीलाई समान १५ प्रतिशतले तलब बढाउने भनेपनि अधिकृतदेखि सचिव तहसम्ममा बढाइएको तलबको प्रतिशत बढी रहेको उनको भनाई छ ।

यता, सरकारले भने संसदीय समितिको सुझाव अनुसार तलव वृद्धिको प्रकृया अगाडि वढाएको पाईएको छ। १५ साउनमा संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले मर्यादाक्रमअनुसार तलब निर्धारण गर्न निर्देशन दिएपछि अर्थ मन्त्रालयले यस्तो तलबमान तयार गरेको थियो।

जस अनुसार साउनबाट लागू हुने तलवमानमा अर्थ मन्त्रालयले शाखा अधिकृतभन्दा माथिको तलव भने २४ प्रतिशतसम्म बढाउने निर्णय भएको छ । यसअनुसार शाखा अधिकृतहरुले अब साउनबाट २४ प्रतिशत , उपसचिवहरूले २३.३ प्रतिशत , सहसचिवहरूले २३.३ प्रतिशत र सचिवहरूले १८.४ प्रतिशत बढी तलब पाउनेछन् ।

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको निर्णयलाई भने ४३ जना उपसचिवले प्रभावित वनाएको देखिएको छ। बजेट भाषणमा सरकारले १५ प्रतिशत मात्रै तलब वृद्धि गर्ने घोषणा गरे पनि मर्यादाअनुसार तलब मिलान गर्न भन्दै उनीहरुले समितिमा संयुक्त निवेदन दिएका दिए ।

संसदीय समितिमा बसेर सरकारले गरेका गलत कामको नियमन गर्ने काममा भूमिका खेल्ने तिनै संघीय संसद सचिवालयका उपसचिवहरु आफैले गलत बाटोबाट तलब वृद्धिका लागि भूमिका खेलेका पाईएको हो।

मर्यादाक्रममा तल हुने सुरक्षा निकायका कर्मचारीको तलब बढी हुने अवस्था आएपछि माथिल्ला पदमा निजामती कर्मचारीको तलब बजेटको घोषणाभन्दा बढी दरमा बढ्नेछ । यो निर्णयको तल्ला तहका कर्मचारीले विरोध गरेका छन् । सबैको समान ढंगले तलब बढाउनुपर्ने उनीहरुको माग छ ।

यी हुन मर्यादाअनुसार तलब मिलान गर्न निवेदन दिने उपसचिव

नायव सुब्बा तलव वृद्धि

विशेष