News

दार्चुलाको बाढी र पहिरोबाट प्रभावितको राहत र उद्धारका लागि गृहमन्त्रालयको हेलिकप्टर 

दार्चुलाको बाढी र पहिरोबाट प्रभावितको राहत र उद्धारका लागि गृहमन्त्रालयको हेलिकप्टर 

दार्चुलामा बाढी र पहिरोमा परी प्रभावितहरुको राहत र उद्धारको व्यवस्था गर्न गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका छन् । मन्त्री खाँणले राहत र उद्दारका लमगि मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका हुन् ।

मन्त्री खाँणको निर्देशनपछि घटनास्थलमा घाइते र प्रभावितहरुको उद्धार र खोजी कार्यका लागि हेलिकप्टर परिचालन गरिएको र घाइते तीन जनालाई हेलिकोप्टरबाट उद्धार गहेर सदरमुकामस्थित जिल्ला अस्पताल ल्याइएको छ।

मन्त्रालयले नै घाइतेहरुको उद्धार र उपचारको प्रबन्ध गर्न हेलिकोप्टर परिचालन गरेको छ । शुक्रबार रातिको अविरल वर्षाका कारण महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले ठूलो क्षति पु¥याएको छ । पहिरोमा परी मृत्यु भएका ५ जनाको शव भटिएको छ भने अझै ७ जना बेपत्ता छन् ।

पहिरोमा परी आठ जना घाइते भएका र त्यसमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पहिरोमा परी ७७ वर्षीय नन्दराम बोहरा, ६८ वर्षीय मोहनराम पार्की, ३२ वर्षीय जानकी ठगुन्ना, ३५ वर्षीय मानमति कार्की र १५ वर्षीय धनुली ठगुन्नाको ज्यान गएको छ ।

बिरे ठगुन्ना, रम्भा ठगुन्ना फागुनि ठुगुन्ना, जयबहादुर ठगुन्ना, हर्कसिंह शाहु, अमर सिंह पार्की, मुसि पार्की र राम टमाटा घाइते छन् भने धनसिंह कार्की, दिपक कार्की, दिनेश कार्की, मानमती शाहु, मञ्जु लोहार, दिनेश लुहार, डल्ली लोहार र साजन लोहार बेपत्ता छन् ।
 

विशेष