News राजनीति

ओलीको प्रश्नः प्रचण्डको आदेशमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने हो ?

ओलीको प्रश्नः प्रचण्डको आदेशमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने हो ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनका समयमा प्रशासन निर्वाचन आयोगको नियन्त्रणमा हुनु पर्ने बताएका छन्। विराटनगर विमानस्थलमा शनिबार पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष ओलीले अघिल्लो निर्वाचनमा आयोगले धाँधली रोक्न नसकेको आरोपसहित प्रशासन आयोगको नियन्त्रणमा हुनु पर्ने बताए।

स्थानीय तह निर्वाचनमा आयोगको भूमिका कमजोर देखिएको भन्दै उनले कमजोर र धाँधली रोक्न निर्वाचनका समयमा आयोगले प्रशासन आफ्नो हातमा लिनुपर्ने बताए। ‘सत्ताको आदेश पालना गर्ने तरिकाले निर्वाचन कसरी सम्पन्न हुन्छ ?’ भन्दै उनले ‘मनपरि तरिकाले राज्य संयन्त्र सञ्चालन गर्ने राजनीतिक दल अहिले सत्तामा रहेको देखिदेखि आयोगले प्रशासन आफ्नो हातमा लिनु परेन?’ 

प्रशासनको सञ्चालन निर्वाचन आयोगले आफ्नो हातमा लिएर न्यायाधीशमार्फत् निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउन लाग्नु पर्ने अध्यक्ष ओलीको भनाई छ।

 
नागरिकता विधेयक जस्ताको तस्तै पारित गरेर सत्ता गठबन्धनले उदण्डता देखाएको आरोप पनि उनले लगाए। पुनर्विचारका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा फिर्ता पठाएको विधेयक सरकारले जस्ताको तस्तै पुनः प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित गरी प्रमाणीकरणका लागि फेरि राष्ट्रपतिकहाँ पठाएको छ। 

त्यसैको प्रतिक्रिया दिदै उनले भने–‘संसदभन्दा बाहिरै निर्णय गरेर छक्का हानेर रिङ आउट गरिदिन्छौं, सुन्दा पनि सुन्दैनौं, राष्ट्रपतिले विचारार्थ पठाएको प्रस्तावलाई हेर्दा पनि हेदैनौं भनेर पास गरेर उदण्डता देखाउने!’ 

केही दिनअघि सत्तारुढ नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने हो भने राष्ट्रपति भण्डारीले पदबाट राजीनामा दिनुपर्ने चेतावनी दिएका थिए। 

यस सन्दर्भमा ओलीले ‘राष्ट्रपतिले प्रचण्डको आदेशमा राजीनामा दिनुपर्ने हो ?’ भन्दै प्रश्न गरे।
 

विशेष