News

दार्चुलामा बाढि र पहिरोमा परेर ५ जनाको मृत्यु, ४ जना बेपत्ता

दार्चुलामा बाढि र पहिरोमा परेर ५ जनाको मृत्यु, ४ जना बेपत्ता

दार्चुलामा बाढि र पहिरोमा परेर ५ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता र १४ घर बगेका छन्। लास्कु खोलामा आएको बाढी र नौगाडमा आएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको हो। 

पहिरोका कारण नौगाड गाउँपालिका १ सल्लाका ३७ वर्षीया जानकी ठगुन्ना र १३ वर्षीया धनुली ठगुन्ना तथा वडा नम्बर २ का मोहनराम पार्कीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख जगत गाहामगरले जानकारी दिए। 

लास्कु खोलामा आएको बाढीले महाकाली नगरपालिका–३ डुङुरीका मानमति कार्की र महाकाली नगरपालिका २ का नन्दराम बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ। 

लास्कु खोलामा आएको बाढीले मानमतिका श्रीमान् धनसिंह कार्की, छोराहरु दीपक र दिनेश कार्की बेपत्ता भएका छन्। डुङुरी पावर हाउसमाथिबाट आएको लास्कु खोलाले कार्कीको पसलकम पूरै क्षति गरेको छ। पावर हाउस बगाएको छ। 

नौगाडको सल्लामा पहिरोका कारण ८ घर पुरिएका छन्। दार्चुला सदरमुकामस्थित महाकाली र लास्कु नदीमा आएको बाढीले १४ घर बगाएको छ। पहिरोमा नौगाड गाउँपालिका –२ दल्लेखका ६० वर्षीय मोहनराम पार्की बेपत्ता छन्।

जोखिममा रहेका स्थानीय र उनीहरुका सरसमानलाई सुरक्षित ठाउँमा राख्ने काम भइरहेको प्रहरीको भनाई छ। 

विशेष