News राजनीति

विनोद चौधरीको नामैले पश्चिम नवलपरासीमा कांग्रेस भित्र विभाजन

विनोद चौधरीको नामैले पश्चिम नवलपरासीमा कांग्रेस भित्र विभाजन

उद्योगपति विनोद चौधरीको नामलाई लिएर अहिले पश्चिम नवलपरासी कांग्रेसमा तिव्र असंन्तुष्टि छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुवै क्षेत्रबाट उनकै नाम उम्मेदवारमा सिफारिस भएपछि नेपाली कांग्रेसभित्र विवाद बढेको हो।

कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका चौधरीको नाम प्रतिनिधिसभा क्षेत्र नं १ र २ दुवैबाट उम्मेदवारमा सिफारिस गरिएको भन्दै चौधरीको नाममा स्थानीय नेता तथा कार्यकर्ताहरुले विरोध गरेका छन् ।

जिल्लाका अनुभवी र पार्टीको लागि त्याग गरेका नेतालाई उद्योगपति चौधरीको नाम सिफारिस गरिएको भन्दै नेता÷कार्यकर्ताले विरोध गरेका हुन। लामो समय भूगोलमा काम गरेका अनुभवी नेताहरु हुँदाहुँदै अन्य क्षेत्रका नेतालाई सिफारिस गरिएको भन्दै चौधरीको तिब्र विरोध गरिएको छ।

क्षेत्र नं १ बाट चौधरीसहित ५ जनाको नाम सिफारिस गरिएको छ । कांग्रेस क्षेत्र नं १ का सभापति मुकुल आचार्यले चौधरीको नाम पाँचौं नम्बरमा सिफारिस गरिएको बताए । कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल र पार्टी केन्द्रीय सदस्य एवं निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेलको गुटगत लडाइँका कारण नवलपरासीमा कांग्रेस कार्यकर्ता विभाजित छन् ।

यसले पार्टीमा आन्तरिक विवाद बढाएको कांग्रेस सुस्ता गाउँपालिकाका सभापति रवीन्द्र जयसवालले बताए।
 

विशेष