News राजनीति

ओली र शेखरको डेढ घण्टे छलफलले यसरी हल्लियो गठबन्धन 

ओली र शेखरको डेढ घण्टे छलफलले यसरी हल्लियो गठबन्धन 

भातृ संगठनमा एकलौटी गरेका सभापति शेरबहादुर देउवाले टिकट बाँडफाँटमा पनि किनारा लगाउने त्रास वढेपछि कांग्रेस नेता डा. शेखर कोइराला एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

गठबन्धनको सीट बाँडफाँट पेचिलो बनिरहेका बेला ओली गृहजिल्ला झापा जानुअघि नै उनलाई भेट्न कोईराला बालकोट पुगेका हुन। ओलीसँग कोइरालाले करिब डेढ घण्टा छलफल गरेको जनाईएको छ ।

ओलीसँगको भेटबारे कोइरालाले औपचारिक प्रतिक्रिया दिएका छैैनन भने बालकोट स्रोतले भने छलफल भएको पुष्टि गरेको छ । केही दिनअघि कांग्रेसका अर्का नेता डा .मिनेन्द्र रिजालले पनि बालकोट पुगेर ओलीसँग छलफल गरेका थिए । 

ओलीले गठबन्धनका नाममा प्रचण्ड–माधवको घाँडो नभिर्न कांग्रेस नेताहरूलाई सुझाव दिँदै आएका छन् । कांग्रेसभित्रको प्रतिपक्षी समूहका नेता ओलीको भनाईसँग करिव करिव सहमत छन। महामन्त्री गगन थापा लगायतले पटक पटक गठबन्धनको.विरोध गर्दै आएका थिए भने अहिलेकै अवस्थामा पनि गठबन्धनप्रति उनिहरुको धारणा संस्थापन भन्दा फरक छ।

सीट बाँडफाँटमा एक सय निर्वाचन क्षेत्र नछाड्न बुधबारको बैठकमा पनि कोइराला पक्षले दबाब दिएको थियो । कोइराला पक्ष सीट बाँडफाँटदेखि टिकट वितरणसम्म देउवाले एकलौटी गर्ने त्रासमा छ । ओलीसँगको कोइरालाको भेटलाई यस अर्थमा पनि चासोपूर्वक हेरिएको छ।

क्षेत्र बाँडफाँटदेखि टिकट वितरणमा समेत पाखा पारिने कांग्रेसका प्रभावशाली नेताहरूले एमालेसँग मिलेर चुनाव लड्नसक्ने चर्चा भइरहेको छ। कतिपय कांग्रेस नेताहरू ओलीलगायत एमाले नेताहरूसँग नियमित सम्पर्कमा छन् । देउवा र प्रचण्डबाट टिकट खोसिने कांग्रेस नेताहरुलाई एमालेले साथ दिने आश्वासन समेत प्राप्त भएको शेखरनिकट एक नेताले बताए । यो भेटपछि गठबन्धनमा समेत हलचल सुरु भएको कांग्रेसकै नेताहरुले बताए।
 

विशेष