News

त्रिचन्द्रमा नेविसंघ कार्यकर्ता र प्रहरीबीच ढुंगा हानाहान

त्रिचन्द्रमा नेविसंघ कार्यकर्ता र प्रहरीबीच ढुंगा हानाहान

त्रिचन्द्र क्याम्पसमा नेविसंघ कार्यकर्ता र प्रहरीबीच बिहान १० बजेदेखि ढुंगा हानाहान भएको छ। नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न ढिलाइ गरेको भन्दै पुत्ला दहन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै नेविसंघले ढुंगा प्रहार गरेको छ।

नेविसंघले क्याम्पसभित्रबाट सडकमा रहेका प्रहरीमाथि ढुंगा प्रहार गरेपछि सोही ढुंगा टिपेर प्रहरीले पनि क्याम्पसभित्र रहेका नेविसंघका कार्यकर्तालाई प्रहार गरेको थियो। नेविसंघले बाटो अवरुद्ध गरेर प्रदर्शन गर्दा केही समय घन्टाघर आसपासको सवारी आवागमन अवरुद्ध भएको थियो ।

संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि नागरिकता विधेयक राष्ट्रपतिकहाँ पुगेको छ। दोस्रो पटक प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक अहिलेसम्म पारित नगरी राष्ट्रपतिले शितल निवासमा विभिन्न व्यक्तिहरूसँग भेला गरेकोमा नेविसंघले आपत्ति जनाएको छ।

लाखौं मानिस नागरिकताविहीन रहेको भन्दै नेविसंघ त्रिचन्द्रका नेता नारायण पाण्डेले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण हुनुपर्ने बताए। 
 

विशेष