News राजनीति

अफ्ताव आलमको नाम प्रदेशबाट पनि सिफारिस 

अफ्ताव आलमको नाम प्रदेशबाट पनि सिफारिस 

बम विस्फोटका घाइतेलाई ज्यूँदै इँटा भट्टामा जलाएर मारेको आरोपमा जेलमा रहेका कांग्रेस नेता मोहम्मद अफ्ताव आलमको नाम प्रतिनिभि सभा सदस्य उम्मेदवारका लागि प्रदेश कार्यसमितिले पनि सिफारिस गरेको छ ।

रौतहट क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारका उनको नाम जिल्ला कार्य समितिले काटे पनि प्रदेश कार्य समितिले सदर गरेको छ। उनको नाम क्षेत्रीय समितिबाट सर्वसम्मत सिफारिस भएको थियो। सोही सिफारिसलाई सदर गरेर प्रदेश कार्य समितिले पनि उनको नाम केन्द्रीय समितिलाई सिफारिस गरेको छ ।

मधेस प्रदेश कार्यसमितिका प्रचार विभागका प्रमुख नितिशकुमार गुप्ताले प्रदेशबाट सिफारिस भएका उम्मेदवारको नाम केन्द्रीय कार्यसमितिलाई बुझाइएको बताए । उनका अनुसार जिल्लाबाट नाम काटिएका आलमको नाम समेत रायसहित केन्द्रीय कार्य समितिलाई बुझाइएको छ ।

उनका अनुसार प्रदेश कार्यसमितिले कांग्रेसकी पुर्वकोषाध्यक्ष सीतादेवी यादवको नामसमेत सिफारिस गरेको छ । यता, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनअनुसार आलमको मनोनयन दर्ता भने हुँने छैन। ऐनको ब्यवस्था अनुसार जेलमा रहेको व्यक्तिले उम्मेदवारी दिन मिल्दैन। 

०६४ चैत २७ गते पहिलो संविधानसभा चुनावमा विस्फोटक पदार्थ बनाउने क्रममा घाइते भएकाहरुलाई जिउँदै जलाएको अभियोगमा उनी विरुद्ध मुद्दा चलिरहेको छ । आलम अहिले पुर्पक्षका लागि ललितपुरस्थित नख्खु कारागारमा छन् । उनीमाथि २

आलमले भने आफू निर्दोष भएको दाबी गर्दै आएका छन् । उनले आफूलाई थुनामुक्त गर्न सर्वोच्च अदालतमा रिट निवेदन समेत दिएका छन। उक्त निवेदन सुनुवाइका लागि पेसी चढ्दै स्थगित हुँदै आएको छ ।
 

विशेष