News अपराध सुरक्षा

बलात्कार आरोपी सन्दीप लामिछाने अध्यागमन विभागको कालोसूचीमा

बलात्कार आरोपी सन्दीप लामिछाने अध्यागमन विभागको कालोसूचीमा

बालिका बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ। उनलाई नेपाल आउनासाथ पक्राउ गर्ने गरी कालो सूचीमा राखेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले २३ भदौमा अनुमति दिएको थियो । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार हाल देश बाहिर रहेका लामिछानेले आफ्नो संलग्नता अस्वीकार गर्दै कानुनी सहायताका लागि अनुरोध गरेका छन् ।

बलात्कारको आरोप लागेर प्रतियोगिताबाट बाहिरएिपछि लामिछाने नेपाल आउने तयारीमा छन्। पक्राउ पुर्जी जारी भएसँगै नेपाल प्रहरीले उनीसँग संवाद गरिरहेको स्रोतको भनाइ छ ।

प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि नेपाल क्रिकेट संघले पनि राष्ट्रिय टिमबाट सन्दिपलाई निलम्बन गरेको छ। यो सँगै उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) बाट बाहिरिएका छन् । उनले वेस्ट इन्डिजको क्रिकेट लिग गुमाउनु परेको छ।

सीपीएलमा सन्दीप जमैका तलावाजमा आबद्ध थिए । सन्दीप नेपाली टिमको नेतृत्व गर्दै केन्या गएका थिए । त्यहाँ पाँच म्याचको टी–२० श्रृंखला खेलिसकेर उनी सीपीएलका लागि वेस्ट इन्डिज गएका हुन् ।
 

विशेष