News राजनीति

एमालेसँग मिल्‍न विप्लवसहितका दलहरुलाई राष्ट्रपतिको आग्रह 

एमालेसँग मिल्‍न विप्लवसहितका दलहरुलाई राष्ट्रपतिको आग्रह 

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले विप्लवसहितका ५ दलहरुलाई नेकपा एमालेसँग मिलेर जान आग्रह गरेकी छन्। राष्ट्रपति भण्डारीले शितल निवासमा बोलाएर उनीहरुलाई अहिलेको गठबन्धनविरुद्ध एकताबद्ध भएर जानुपर्ने साना वामपन्थी दलहरुलाई सुझाएकी हुन्। 

राष्ट्रपति भण्डारीले बुधबार विप्लव नेतृत्वको नेकपा, वैज्ञानिक समाजवादी पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीका नेतासँग राष्ट्रपतिले छलफल गरेकी हुन्।  नागरिकता विधेयकको चर्को आलोचना गरिरहेको नेकपा एमाले र साना वामपन्थी दलहरु मिलेर गए बलियो स्वर हुने र यसलाई रोक्‍न सकिने पनि राष्ट्रपतिले बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए। 

उनले भने, 'राष्ट्रपतिज्यूले नेकपा एमालेले पनि वामपन्थी एकता चाहिरहेकोले देशभरका सबै वामपन्थीहरु मिलेर जानुपर्ने बताउनुभएको थियो। यस्तै नागरिकता विधेयकमा सत्ता गठबन्धनले जबरजस्ती गरेका कारण आफूलाई समस्या भएको पनि बताउनु भएको थियो।'

नागरिकताविधेयकमा राष्ट्रपति आफ्नो साथ खोजेको पनि ती नेताले बताए। नागरिकता विधेयकविरुद्ध आन्दोलनमा रहेका ५ वाम दलका नेताले राष्ट्रपतिले नागरिकता विधेयकमा राखेको अडानको प्रशंशा गरेका थिए। 

उनीहरुले विधेयक जस्ताको त्यस्तै राष्ट्रपतिलाई फर्काइनु गलत भएको बताएका थिए। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि नागरिकता विधेयकको विरोध गरिरहेको छ। एमालेले राष्ट्रपतिलाई यही विषयलाई कारण बनाएर पदबाट राजीनामा दिन पनि सुझाएको छ। 

राष्ट्रपति भण्डारीले गत साउन १५ गते संघीय संसदबाट जारी नागरिकता विधेयक फिर्ता पठाएकी थिइन्। उक्त विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएको विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश भइसकेको छ।

संसदले प्रमाणीकरणका लागि विधेयक पठाएको १५ दिनभित्र राष्ट्रपतिले विधेयक अनुमोदन गर्नुपर्ने कानुनी ब्यवस्था गरेको छ। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयक ऐन बन्‍नेछ। अब विधेयक फिर्ता गर्ने छुट राष्ट्रपति भण्डारीलाई छैन।

विशेष