News

चोलेन्द्रले नाम पोलेका ब्यक्ति पनि छानविनमा तानिए, यस्तो छ समितिको तयारी

चोलेन्द्रले नाम पोलेका ब्यक्ति पनि छानविनमा तानिए, यस्तो छ समितिको तयारी

महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नाम लिएका ब्यक्तिहरुसँग पनि बयान लिने भएको छ । जबरासँगको बयान सकिएपछि समितिले चोलेन्द्रले नाम उल्लेख गरेका ब्यक्तिसँग पनि बयान लिने तयारी गरेको हो।

जवराले भनेका केही कुरामाथि प्रतिप्रश्न गरेर बयान लिने निर्णय गरिएको समितिका एक सदस्यले जानकारी दिए । उनिहरुलाई समितिमै बोलाएर प्रतिप्रश्न गरिने उनको भनाई छ। ‘जसजसको नाम उहाँले उल्लेख गर्नुभएको छ, समितिले आवश्यक ठह¥याएका, कानुनले दिएका र आवश्यक देखिएका व्यक्तिहरुलाई बोलाउँछौं। भोलि पत्राचार गर्छौं र उहाँहरुको अनुकुलता हेरेर छिटो भन्दा छिटो बलाउँछौं ।’ उनले भने।

जवराले वयानका क्रममा सहकर्मी न्यायाधीशहरूमाथि नै गम्भिर आरोप लगाएका छन्। ६ महिनादेखि निलम्वनमा रहेका जवराको उक्त आरोपपछि सम्वन्धित न्यायाधिसहरुमाथि छानविन होलाकी नहोला भन्ने चासो थियो। खास गरी उनले न्यायाधीश हरिकृष्ण कार्कीमाथि दोहोरो भूमिका खेलेको आरोप लगाएका छन् ।

प्रकाशमानसिंह राउतको चरित्र र नैतिकतामाथि गम्भिर प्रश्न उठाएका छन् भने ईश्वर खतिवडालाई संकेत गर्दै ‘इमेल लेख्ने न्यायाधीश’ भनेर ब्यंग्य गरेका छन्। दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईमाथि इजलासमा बस्न इन्कार गरेकोमा जवराले कटाक्ष गरेका थिए ।

जबराले अहिलेका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीमाथि ‘कसैले प्रधानन्यायाधीश बनाइदिन्छु भनी उचालेको भरमा हौसिने न्यायाधीश’ भनेर आलोचना गरेका थिए। न्यायाधीशको रुपमा प्रकाशमानसिंह राउतले तीनवटा गम्भिर अपराधको विषयमा आफुले प्रश्न गरेको उनको भनाई थियो।

मुद्दा हेर्दाहेर्दैमा राख्ने, अनि आफू बस्ने गरेको ठाउँ माथि बोलाएर मुद्दाको पक्षहरुलाई बार्गेनिङ गर्ने, हरेक साँझ भट्टीमा जाँड खाएपछि पीएएसओ र ड्राइभरले मोटरमा हाल्नुपर्ने, आफ्नै श्रीमतीलाई महिला हिंसा, सम्बन्धविच्छेद गर्न खोजेपछि आफुले सुध्रिनुस् या राजिनामा दिनुस् भनेर सुझाएको उनले वताए। तर त्यसको रिसमा राउतले बारसँग मिलेर यो अवस्थामा पुर्याएको जवराको आरोप छ।

अहिलेका दीपक कार्की, हरिकृष्ण कार्की मुद्दाबाट पन्छिने गरेको उनको भनाई छ। ‘मुद्दा हेर्दाहेर्दैमा महिनौं राख्नुहुन्छ, अनि पन्छिनुहुन्छ । हरेक पटक’, उनले भनेका थिए।

जबराले नामै लिएर कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र अर्का न्यायाधीश हरिकृष्ण कार्कीलाई लाञ्छित पनि गरेका थिए । प्रधानन्यायाधीश बन्ने महत्वाकांक्षाले दीपककुमार आफ्नाविरुद्ध गुटबन्दीमा लागेको आरोप लगाएका थिए भने अर्का न्यायाधीश हरिकृष्णलाई पनि स्वार्थ मिलेका मुद्दामा चाख लिएर हेर्ने र अन्य मुद्दा पन्छाउने प्रवृत्तिको भन्दै आलोचना गरेका थिए । त्यस्तै अर्का न्यायाधीश प्रकाशमानसिंह राउतका घरायसी सम्बन्धका विषयमा समेत उनले टिप्पणी गरेका थिए ।

विशेष